वर्तमान सरकारको कमजोरीले राष्ट्रियता र सार्वभौमसत्ता कमजोर भयोः कांग्रेस सहमहामन्त्री
२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले वर्तमान सरकारको कमजोरीले गर्दा राष्ट्रियता र सार्वभौमसत्ता कमजोर भएको बताएका छन् ।
बिर्तामोडमा आज आयोजित विरोधसभामा पूर्वपरराष्ट्रमन्त्री डा. महतले नेपालमा अस्वाभाविकरुपमा विदेशी चलखेल बढेको आरोप पनि लगाए ।
सरकारले भ्रष्टाचारलाई बढावा दिएको, कोरोना नियन्त्रणको कार्य प्रभावकारीरूपमा नगरेको र राष्ट्रपति सत्तारूढ दलको आन्तरिक विवादमा संलग्न भएको आरोप पनि उनले लगाए ।
झापामा आज कांग्रेसले सरकारको विरोधमा कनकाईको सुरुङ्गादेखि बिर्तामोडसम्म मोटरसाइकल ¥याली र सभा गरेको थियो ।
(रासस)