२१ मंसिर २०७८, मंगलवार

१५०० डिस्चार्ज : थप ८२१ जनामा कोरोना पुष्टि, १८ को मृत्यु



२९ मंसिर, काठमाडौं । आज देशभर थप ८ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उल्लिखित संख्यामा भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

आज थपिएकासहित नेपालमा हालसम्म कोरोना सङ्क्रमित हुनेको संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ ।

देशका विभिन्न अस्पतालमा उपचाररत १५ सय जना भाइरस सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या २ लाख ३६ हजार ५ सय ७३ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण आज थप १८ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या १७ सय १६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको