टीका सानु र विशाल समिरको ‘आउँछ याद’ सार्वजनिक (भिडियो)
२७ मंसिर, काठमाडौं । टीका सानु र विशाल समिरको स्वरमा ‘आउँछ याद’ गीतको भिडियो सार्वजनिक भएको छ । ‘प्रिन्सेस् फिल्मस्’ अफिसियल युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो ।
गीतको शब्द जानकी कुँवरले लेखेकी हुन् । कृष्ण सुनार (अभागी)को संगीत र रमेश सेन्चुरीको संगीत संयोजनमा टिका र विशालको स्वर खुलेको छ ।
गीतको भिडियोमा जानकी कुँवर र लोमस शर्माको अभिनय र नृत्य हेर्न सकिन्छ । राम केसीले छायांकन, माधव श्रेष्ठको करियोग्राफी र पदम सुवेदीको सम्पादन रहेको गीतको भिडियो निर्देशन शिव बिकले गरेका हुन् ।
भिडियो हेर्नुहोस् :