२२ जेष्ठ २०८०, सोमबार

सिमकोट हिल्सा सडकखण्डमा पुल निर्माणका लागि ५६ करोड बजेट



समर हुम्ली

२७ मंसिर, हुम्ला । हुम्लाको एक बहुचर्चित सकड खण्ड हिल्सा सिमकोट सडकको ९५ किलोमिटर भित्र निर्माण हुने चार मोटरेबल पुलका लागि करीब ५६ करोड रकम खर्च हुँदैछ तर काम भने कछुवा गतिको छ ।

सिमकोट हिल्सा सडक योजना अन्तर्गत हेप्का खोला, ताग्रु खोला, सल्ली खोला र याङ्गार खोलामा पुलहरू निर्माण गर्ने बताइएको थियो । यी पुल निर्माणका लागि ठेकेदारहरूसँग २०७४ देखि २०७६ सम्म पटक–पटक सम्झौता भइसकेको छ भने उनीहरूले २०७७ सम्म सबै पुलहरू निर्माण गरिसक्नु पर्ने सिमकोट हिल्सा सडक योजना कार्यालय स्रोतले दिएको छ ।

यसअघि हुम्ला कर्णाली प्रवाह क्षेत्र हिल्सा र तुमकोटको बुङबुचेमा पुल निर्माण भइसकेको छ । यसैले हाल नाम्खा गाउँपालिकाको पातीहाल्नसम्म मोटर पुग्ने भए पनि यो सडक सण्डको अति गाह्रो ठाउँ च्याछडाको भिर समयमै काट्न नसक्दा कामका बाधा भएको सम्बन्धीत कार्यालयले स्वीकारेको छ ।

हेप्का खोला र ताग्रु खोलाको पक्की पुल निर्माणका लागि सपना धुलीखेल जेभीले ठेक्का पाएको छ । सल्ली खोलाको पक्की पुल निर्माणका लागि स्वच्छन्द कङ्गी जेभीले ठेक्काको जिम्मा पाएको छ । यसै गरी याङ्गार खोलाको पक्की पुल निर्माणका लागि धुलीखेल निशान जेभीले ठेक्काको जिम्मेवारी पाएको छ ।

पछिल्लो समय अन्य विभिन्न प्राविधिक तथा भौगोलिक कुराहरूले भएका कमी कमजोरीलाई कोरोना महामारीको कारण देखाएर पुल निर्माणमा ढिलाई भएको बताउन ठेकेदारहरूलाई सजिलो भएको जानकारहरू मत रहेको छ । चौमासिक र वर्षको अन्त्यमा बील भुक्तानी गर्नका लागि काम गरे जस्तो गर्ने तर खासै काममा छिटो छरितो नहुँदा स्थानीयहरू मर्कामा पर्दै आएका छन् ।

जिम्मेवार कार्यालयले जनजीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने यस्ता योजनाहरूलाई कडा निगरानी र कार्यान्वयन गरी छिटो समापन गर्न गराउन पहल कदमी लिनुपर्ने हुम्लीहरूको माग छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको