कोरियाली राष्ट्रपतिले जापानी ठान्नुभयो

स्व. कमानसिंह लामा
२६ मंसिर २०७७, शुक्रबार
सरकारले मलाई कोरियाको राजदूतमा सिफारिस गरेपछि विवाद भयो । ‘यो मान्छे क्यापेबल होइन, यसलाई कोरियाले एसेप्ट गर्दैन (एग्रिमो दिँदैन)’ भन्नेहरूले विवादमा तान्न खोजे । म ‘क्यारियर डिप्लोम्याट’ थिइनँ । सहरभन्दा गाउँमा राजनीति गर्ने मान्छे थिएँ । अरू मान्छेले मेरो क्षमतामा प्रश्न उठाइरहेकोले पनि राजदूत बनेर राम्रोसँग काम गर्नु मेरा लागि
‘च्यालेन्ज’ थियो ।
मलाई संसदीय सुनुवाइ समितिमा बोलाइयो । प्रश्न आयो, ‘कोरिया डोनर कन्ट्री बनेको छ । तपाईंले हाइड्रोपावर, साइन्स एन्ड टेक्नोलोजीको क्षेत्रमा कोरियाबाट कति लगानी नेपाल भित्र्याउनुहुन्छ ?’ मैले ‘लगानीमैत्री वातावरण भयो भने लगानी भित्र्याउन सक्छु’ भनेँ ।
एकजना सांसदले ‘जलविद्युत्मा कति लगानी भित्र्याउन सक्नुहुन्छ’ भन्ने प्रश्न गर्नुभयो । ‘म धेरै कुरा गर्दिनँ । हाम्रो सय वर्षको विद्युत् उत्पादन इतिहासमा जम्माजम्मी सात सय मेगावाट विद्युत् उत्पादन गरिरहेका छौँ । चारवर्षे कार्यालयमा चार सय मेगावाटको विद्युत् लगानी भित्र्याउँछु,’ मैले भनेँ ।
मेरो एग्रिमो छिटै आयो । सन् २०१२ को मे ४ तारिख राति कोरियन एयरको फ्लाइटबाट परिवारसहित सोल उत्रिएँ । त्यसअघि कोरिया गएको थिइनँ । मध्यरातमा विमानस्थलमा डाइरेक्टर तहका कोरियन कर्मचारी स्वागत गर्न आएका थिए । नेपाली दूतावासका डिसिएम आउनुभएको थियो । राजदूतनिवासमा रातिको खाना खाएर सुतेँ ।
कोरिया पुग्दा सोसल मिडिया र त्यहाँका नेपाली मिडियामा ‘कमानसिंह लामाको एग्रिमो नजाने भएकाले उसको नोमिनेसन क्यान्सिल भइसक्यो’ भन्ने छापिएको रहेछ । एकजना पत्रकारले ‘तपाईंको त ओहोदाको प्रमाणपत्र नै लिइँदैन भनिन्छ’ भनेर सोधे । मैले ‘जसले भनेको हो उसलाई सोध्नुस् र हेर्दै जानुस्’ भनेँ ।
सामान्यतया राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउनलाई एक महिना लाग्दो रहेछ । मे ४ तारिखमा पुगेको, १८ तारिखमा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउने सेड्युल आयो । संयोगले हो अथवा विशेष प्राथमिकतामा परेर हो, सबैभन्दा छिटो समय मेरै भएछ । तर, त्यहाँ रहेका केही नेपाली साथीहरू ‘कमानसिंह लामा ओहोदाको प्रमाणपत्र बुझाउन पाउँदैनन्’ भनिरहेका थिए ।
हाम्रो गाडीबाट परराष्ट्र मन्त्रालय मन्त्रालय पुग्यौँ । त्यहाँबाट कोरियन सरकारको गाडीमा स्कर्टिङसहित राष्ट्रपति कार्यालय पुर्याइयो । गाडीमा नेपाली र कोरियन झन्डा राखिएका थिए । परराष्ट्र मन्त्रालयबाट राष्ट्रपतिभवन डेढ किलोमिटरको दूरीमा छ । राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र हस्तान्तरण गरेँ । आफ्नो केही लिखित ‘ओपनियन’ राखेँ ।
राष्ट्रपतिले कोरियन भाषामा भनाइ राख्नुभयो । मलाई जापानिजजस्तो मान्नुभएछ । उहाँको मनमा ‘यो जापानिज’ नै हो भन्ने लागेछ । ‘नेपाल–कोरिया’ भन्नुपर्नेमा दुईपटक ‘जापान–कोरिया’ भन्नुभयो । दोभासेले ‘नट जापानी, नेपाली’ भनी सम्झाए । १० मिनेटमा कार्यक्रम सकियो ।
राष्ट्रपतिले कोरियन भाषामा भनाइ राख्नुभयो । मलाई जापानिजजस्तो मान्नुभएछ । उहाँको मनमा ‘यो जापानिज’ नै हो भन्ने लागेछ । ‘नेपाल–कोरिया’ भन्नुपर्नेमा दुईपटक ‘जापान–कोरिया’ भन्नुभयो । दोभासेले ‘नट जापानी, नेपाली’ भनी सम्झाए । १० मिनेटमा कार्यक्रम सकियो ।
राष्ट्रपति कार्यालयबाट परराष्ट्र मन्त्रालयसम्म जसरी गएको थिएँ, त्यसरी नै फर्किएँ । त्यहाँबाट हाम्रो गाडीमा झन्डा राखेर राजदूतावासको कार्यालय फर्किएँ । नेपाली दूतावासमा नेपाली झन्डा गाडियो । पदभार ग्रहण गर्दा सामान्य फाइलमा ‘सिग्नेचर’ गरेँ ।
व्यापारिक क्षेत्रमा रहेको राजदूतावास निकै साँघुरो रहेछ । झन्डा गाड्ने ठाउँ र गाडी पार्किङ गर्न पनि समस्या हुने । अरू देशका दूतावास एम्बेसी कोलोनीमा रहेछन् । सोलमा दुई ठाउँमा एम्बेसी कोलोनी रहेछन् । एक सय २०/२१ वटा देशसँग दक्षिण कोरियाको कूटनीतिक सम्बन्ध छ ।
राजदूतावासलाई एम्बेसी कोलोनीमै सार्ने निष्कर्षमा पुगेँ । त्यसका लागि नेपाल सरकारको निर्णय चाहिन्थ्यो । करिब एक वर्षपछि नेपाली दूतावासलाई कम्पाउन्ड भएको घरमा सार्यौँ जुन एम्बेसी कोलोनीमा छ । मैले परराष्ट्रसचिव, अर्थसचिव, मुख्यसचिवलाई दूतावासको आफ्नै भवन बनाउनुपर्यो भनेको छु । सोलामा भाडा धेरै महँगो छ । १० देखि १५ वर्ष भाडा तिर्ने रकमले आफ्नै भवन बन्छ ।
कोरिया पुगेको ६ महिनापछि नोभेम्बरमा दुईवटा ‘नेपालमा लगानी’सम्बन्धी सेमिनार गर्यौँ । कोरियन लगानीकर्ताहरू सहभागी त्यो गोष्ठीमा नेपालबाट उद्योग वाणिज्य महासंघका अध्यक्ष, लगानी बोर्डका सिइओ, मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति थियो ।
संसदीय समितिमा ‘हाइड्रोपावरमा कति लगानी भित्र्याउनुहुन्छ’ भन्दा चार वर्षमा चार सय मेगावाट भनेका थिएँ । मेरो कार्यकाल तेस्रो वर्षमा चल्दै छ, अपर–मोदी ६० मेगावाट, अपर–त्रिशूली दुई सय १६ मेगावाटलगायत करिब चार सय मेगावाट विद्युत् लगानी सुरु भइसकेको छ । लगानीमैत्री वातावरण बने अझै बढ्छ ।
मेरो प्राथमिकतामा कोरियासँग सांस्कृतिक, राजनीतिक, आर्थिक तथा कूटनीतिक सम्बन्धलाई बलियो बनाउने थियो । सांस्कृतिक क्षेत्रमा राम्रै गरेँ भन्ने लाग्छ । कोरिया बुद्धिस्ट मुलुक हो । नेपालमा बुद्ध जन्मिए । त्यही भएर सांस्कृतिक क्षेत्रमा काम गर्न मलाई सहज भयो ।
कोरियामा बुद्ध भारतमा जन्मिएका हुन् भन्ने गलत बुझाइ जब्बर थियो । त्यसलाई जसरी पनि चिर्नुपर्छ भन्नेमा म थिएँ । अघिल्ला राजदूतले पनि त्यो प्रयास नगर्नुभएको होइन । बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने कुरा स्थापित गर्न र दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई जीवन्त राख्न बुद्ध जन्मस्थल लुम्बिनीमा अखण्ड रूपमा बलिरहेको बत्तीमा बत्ती जलाएर कोरियाको कुनै स्थानमा राखौँ भन्ने विचारमा पुगेँ । अखण्ड रूपमा बलिरहेको बत्ती देखेर कसैले ‘यो बत्ती कहाँबाट ल्याएको’ भनेर सोध्दा ‘बुद्ध जन्मिएको देश नेपालबाट’ भन्ने जवाफ दिन पाइयोस् भन्ने मेरो कामना थियो ।
०१३ को मेतिर हो । दुई कोरियाबीचको विवाद ‘पिक’मा थियो । बोर्डरमा सैनिकहरू आमनेसामने भइसकेका थिए । त्यतिवेला शान्तिका अग्रदूत बुद्ध जन्मेको देशले ‘हामी शान्तिको कामना गर्छौं’ भन्नुबाहेक के गर्न सक्थ्यो र ? साथसाथै हामीले लुम्बिनीमा बलिरहेको बत्ती कोरिया पुर्याउने गरी शान्तियात्राको कार्यक्रम बनायौँ ।
नेपाली र कोरियन धर्मगुरुहरू सहभागी शान्तियात्रा लुम्बिनीबाट सुरु भयो । चीनको तिब्बत, सियान, हेनान, साउलिन टेम्पल, साउलिन, छिन्ताओ हुँदै कोरियाको दोसन्सा भन्ने गुम्बामा लगेर स्थापना गर्यौँ । कोरियाको तेस्रो ठूलो गुम्बा दोसन्सामा त्यो बत्ती अखण्ड रूपमा बलिरहेको छ । त्यहाँबाट ८१ वटा अन्य गुम्बाले लगेर बत्ती बालिरहेका छन् । अहिले बुद्ध नेपालमा जन्मिएका हुन् भनेर सबै कोरियनले बुझेका छन् ।
भारतीयहरूले ‘बुद्ध भारतमा जन्मिएका हुन्’ भन्ने गलत प्रचार गरेका रहेछन् । बुद्ध भारतमा जन्मिएका हुन् भनेर कोरियाको पाठ्यक्रममा उल्लेख रहेछ । मैले बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने कुरा स्थापित गर्नलाई खरो बोल्दा कोरियनहरू अनौपचारिक कुराकानीमा ‘तपाईंको देश सानो छ, इन्डियासँग जोरी खोज्नुहुन्छ’ भन्थे । मैले ‘म कूटनीतिक नियोगमा आएको जागिर खान, मेरो देशको भूमि अरू कसैले खाँदा पनि टुलुटुल हेर्न र पोलाइट्ली बोलिराख्न होइन’ भन्ने जवाफ दिएँ ।
राष्ट्रपतिलाई नै भनेको थिएँ, ‘तपाईंहरूको पाठ्यक्रममा बुद्ध भारतमा जन्मिएका हुन् भन्ने छ । बुद्ध नेपालमा जन्मिएका हुन् ।’ उहाँले ‘यो वर्ष ढिला भयो, २०१४ मा करेक्सन गर्छौं’ भन्नुभयो । करेक्सन भयो पनि ।
म गएको केही महिनापछि भारतीय राजदूतले कोरिया टाइम्सलाई दिएको अन्तर्वार्तामा ‘इन्डियाको उत्तरी बोर्डरमा सगरमाथा छ । त्यसको सुन्दरताले भारतमा धेरै पर्यटकलाई आकर्षित गरेको छ’ भन्ने आशयको अन्तर्वार्ता दिएछन् । म चुप लाग्ने कुरै भएन । अन्तर्वार्ता आएकै दिन भारतीय राजदूतलाई फोन गरेर ‘यो तिमीले के बोलेको, तुरुन्तै करेक्सन गर’ भनेँ । हाम्रो परराष्ट्र मन्त्रालयमा भारतीय राजदूतले यसो बोले भनेर रिपोर्ट गरेँ । भारतीय राजदूतले ‘आइएम सरी’ भने । तर, करेक्सन गरेनन् ।
म गएको केही महिनापछि भारतीय राजदूतले कोरिया टाइम्सलाई दिएको अन्तर्वार्तामा ‘इन्डियाको उत्तरी बोर्डरमा सगरमाथा छ । त्यसको सुन्दरताले भारतमा धेरै पर्यटकलाई आकर्षित गरेको छ’ भन्ने आशयको अन्तर्वार्ता दिएछन् । म चुप लाग्ने कुरै भएन । अन्तर्वार्ता आएकै दिन भारतीय राजदूतलाई फोन गरेर ‘यो तिमीले के बोलेको, तुरुन्तै करेक्सन गर’ भनेँ । हाम्रो परराष्ट्र मन्त्रालयमा भारतीय राजदूतले यसो बोले भनेर रिपोर्ट गरेँ । भारतीय राजदूतले ‘आइएम सरी’ भने । तर, करेक्सन गरेनन् ।
राजनीतिक सम्बन्ध मेरो प्रमुख प्राथमिकतामा थियो । अझै छ । मैले राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र बुझाउँदा भनेको थिएँ– हाम्रो डिप्लोमेटिक रिलेसन ४५ वर्षमा पुगेको छ । नेपालमा कोरियाको राजदूतावास स्थापना भएको ४० वर्षसम्म परराष्ट्रमन्त्रीस्तरीय औपचारिक भ्रमण पनि हुन सकेको छैन । हाइलेभल भिजिट हुनुपर्छ । सम्माननीय राष्ट्रपतिज्यूको भ्रमणका लागि हाम्रा राष्ट्रपतिले आशा गर्नुभएको छ ।’ उहाँले पनि ‘उपयुक्त समयमा गर्नुपर्छ’ भन्नुभयो । कूटनीतिक सम्बन्ध स्थापना भएको झन्डै पाँच दशक बित्न लाग्दा पनि परराष्ट्रमन्त्रीसम्मको औपचारिक भ्रमण हुन सक्दैन भने नियोग खोलेर क्यारियर डिप्लोम्याट र ननक्यारियर डिप्लोम्याटको विवाद चर्काएर बस्नुको कुनै तुक छैन ।
अरू–अरू राजदूतलाई कार्यक्षेत्रमा गएको ६ महिनामा कन्सलटेसनका लागि परराष्ट्र मन्त्रालयमा बोलाउँदा रहेछन् । त्यहाँको समस्या, योजनाबारे छलफल हुँदो रहेछ । तर, मलाई तीन वर्षसम्म बोलाइएन । न निर्देशन आयो । केही काम गरे पनि भयो, नगरे पनि भयो जस्तो भयो ।
केही महिनाअघि मैले परराष्ट्रमा सम्पर्क गरेर भनेँ– ‘मैले केही भन्न पाउने कि नपाउने ? मलाई केही गर भन्नुपर्ने कि नपर्ने ? यो ठीक भएन ।’ म ६/७ पटक नेपाल आएँ । व्यक्तिगत खर्चमा आएँ । तर, यसपालि परराष्ट्रले १० दिनलाई बोलाएपछि आएको हुँ । आएको केही दिनमै बुबाको निधन भयो । १२/१३ दिन त्यतै अल्झिएँ । त्यसपछि म नै झन्डै मरेँ । सोडियम लेभल ९० हुनुपर्नेमा १८ भएछ । ३५ घन्टा बेहोस भएँ । आठ/नौ दिन अस्पताल बसेँ । अहिले ठीक भएर भेटघाटको क्रम सुरु गरेको छु ।
केही महिनाअघि मैले परराष्ट्रमा सम्पर्क गरेर भनेँ– ‘मैले केही भन्न पाउने कि नपाउने ? मलाई केही गर भन्नुपर्ने कि नपर्ने ? यो ठीक भएन ।’ म ६/७ पटक नेपाल आएँ । व्यक्तिगत खर्चमा आएँ । तर, यसपालि परराष्ट्रले १० दिनलाई बोलाएपछि आएको हुँ । आएको केही दिनमै बुबाको निधन भयो । १२/१३ दिन त्यतै अल्झिएँ । त्यसपछि म नै झन्डै मरेँ । सोडियम लेभल ९० हुनुपर्नेमा १८ भएछ । ३५ घन्टा बेहोस भएँ । आठ/नौ दिन अस्पताल बसेँ । अहिले ठीक भएर भेटघाटको क्रम सुरु गरेको छु ।
मेरो कार्यकाल एक वर्ष बाँकी छ । योबीचमा हाइलेभल भिजिट मेरो प्राथमिकता हो । प्रधानमन्त्रीलाई एक/दुई दिनमै भेट्छु होला । मैले कारियन सरकारलाई ‘यदि हुन्छ भने कोरियाको नेपालमा हाइलेभलको भिजिट हुनुपर्छ’ भनिरहेको छु । उनीहरू पोजिटिभ छन् । ‘लेखेर ल्याऊ, हामी भ्रमण गर्न तयार छौँ’ भनिरहेका छन् ।
तर, प्रधानमन्त्री, राष्ट्रपतिको नेपाल भ्रमण गराउन मैले भनेर भएन । प्रधानमन्त्रीको भ्रमण गराउन प्रधानमन्त्रीले, राष्ट्रपतिको भ्रमण गराउन राष्ट्रपतिले भन्नुपर्छ । अझ यता कार्यकारी प्रधानमन्त्री र उता कार्यकारी राष्ट्रपति भएकाले कार्यकारीले नै त्यसको पहल गर्नुपर्छ ।
कोरियामा रहेका नेपालीहरू समस्या लिएर दूतावासमा आउँछन् । नेपालीहरू कोरिया जाँदा नै समस्या बोकेर गएका हुन्छन् । रोजगारकर्ता र रोजगारदाताबीच अन्तर्विरोध पनि छ । नेपाल र कोरियाबीचको संस्कृति र संस्कार नबुझ्दा समस्या आउने गरेको छ । वर्गभेदको समस्या पनि छ । दूतावासबाट समाधान हुने काम सीधै गरिदिन्छौँ । त्यहाँको सरकारले गर्नुपर्ने छ भने पहल गर्छौं । नियमसंगत रूपमा हुनुपर्ने काम भएन भने उनीहरू गम्भीरताका साथ लिन्छन् । सम्पन्न देशले फुर्तीफार्ती त गरिहाल्छन् ।
कोरियामा रहेका नेपालीहरू समस्या लिएर दूतावासमा आउँछन् । नेपालीहरू कोरिया जाँदा नै समस्या बोकेर गएका हुन्छन् । रोजगारकर्ता र रोजगारदाताबीच अन्तर्विरोध पनि छ । नेपाल र कोरियाबीचको संस्कृति र संस्कार नबुझ्दा समस्या आउने गरेको छ । वर्गभेदको समस्या पनि छ ।
दूतावासबाट समाधान हुने काम सीधै गरिदिन्छौँ । त्यहाँको सरकारले गर्नुपर्ने छ भने पहल गर्छौं । नियमसंगत रूपमा हुनुपर्ने काम भएन भने उनीहरू गम्भीरताका साथ लिन्छन् । सम्पन्न देशले फुर्तीफार्ती त गरिहाल्छन् ।
केही इलिगल पनि छन् । पुरानो लुम्बनी र दुईवटा ओभरसिजबाट गएकाहरू इलिगल छन् । कतिपय लिगल भइसके । तिनीहरू नै त्यहाँका हस्ती छन् । इपिएसबाट कोरिया ६० हजारमा जान पाउँछन् । कोरिया पुगेपछि एउटा उद्योगबाट अर्को उद्योगमा सार्नलाई व्यावसायिक रूपमै बसेकाले दुई लाखसम्म खाइदिन्छन् । तीनपटकसम्म उद्योग परिवर्तन गर्यो भने त्यो इलिगल हुन्छ । उद्योगले अर्को उद्योगमा जाने स्वीकृति नदिएसम्म पनि इलिगल हुन्छ । कतिपय नेपाली २४ मा २० घन्टासम्म काम गर्छन् ।
नेपालप्रति कोरियनहरू सकारात्मक छन् । मित्रवत् व्यवहार गर्छन् । शान्त छन् । ठूलालाई औधी सम्मान गर्छन् । अहिले कोरियाले साउथ एसियालाई ध्यान दिइरहेको छ । नेपालले कोरियाबाट सिक्नुपर्ने मुख्य कुरा भनेको कडा मिहिनेत हो । उनीहरूसँग काम गर्न नसक्दा कतिपय नेपालीले काम छाडेर हिँड्ने गरेका छन् । देशलाई असाध्यै माया गर्ने कोरियालीहरूको स्वभावका कारण पनि कोरिया विकास भएको हो । नेपाल कोरियाजस्तो बन्न सम्भव छ । तर, यसका लागि नेपालीहरू कोरियनजस्तै बन्नुपर्छ ।
(नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा नेपालका तर्फबाट दक्षिण कोरियाका पुर्व राजदुत कमानसिंह लामाको कोरोना संक्रमणका कारण मंसिर २५ गते बिहिबार निधन भइसकेको छ । यो स्तम्भ उनको फेसबुकबाट साभार गरिएको हो ।)