राष्ट्रिय फुटबल खेलाडीको तलब बढ्यो, महिला र पुरुषले समान तलब पाउने
२५ मंसिर, काठमाडौं । राष्ट्रिय फुटबल टोलिका खेलाडीहरूको मासिक तलब वृद्धि भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहिबार बसेको बैठकले खेलाडीको तलब बढाउने निर्णय गरेको हो ।
लामो समयसम्म नबढेको फुटबल खेलाडीको तलब १५ हजारबाट १८ हजार पुर्याउने निर्णय भएको एन्फाले जनाएको छ ।
अब महिला र पुरुष फुटबल खेलाडीले समान तलब पाउने भएको छन् । यसअघि महिला खेलाडीले ७ हजार मात्रै पाउने गरेकोमा ११ हजार बढाएर पुरुष सरह १८ हजार पाउने व्यवस्था गरिएको हो ।
अन्य मुलुकमा महिला र पुरुषले समान तलब पाउने गरेको भन्दै नेपालमा पनि तलबमा एकरुपता ल्याउनुपर्ने आवाज महिलला खेलाडीले उठाउदै आएका थिए ।