१०६४ डिस्चार्ज : थप १२१७ जनामा कोरोना पुष्टि, १२ को मृत्यु
२५ मंसिर, काठमाडौं । आज देशभर १ हजार २ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उल्लिखित संख्यामा भाइरस सङ्क्रमण पुष्टि भएको हो ।
आज थपिएकासहित नेपालमा हालसम्म कोरोना सङ्क्रमित हुनेको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ ।
देशका विभिन्न अस्पतालमा उपचाररत १ हजार ६४ जना भाइरस सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ । हालसम्म कोरोनाबाट मुक्त हुनेको दर ९४.२ प्रतिशत पुगेको छ ।
त्यस्तै कोरोनाका कारण आज १२ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या १६ सय ६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ७ हजार २३२ जनाको पिसिआर परिक्षण भएको छ ।