१० आश्विन २०७८, आईतवार

प्रहरीको घेराबाट विप्लव समूहका सेक्रेटरी फरार, सञ्चारकर्मीको घर-घरमा खानतलासी



समर हुम्ली

२५ मंसिर, हुम्ला । मंसिर २३ गते मंगलबारका दिन हुम्ला जिल्ला अदालतको आदेशपछि रिहा भएका विप्लव माओवादीका जिल्ला सेक्रेटरी कुम्भ बुढा प्रहरीको घेरोबाट फरार भए । त्यस लगतै सिमकोट बजारभरी उनलाई खोज्न गएको नेपाल प्रहरीको टोलीले अनाधिकृत रुपमा सञ्चारकर्मीहरू र हुम्लाका स्थानीय सञ्चारगृहमा खानतलासी गरेको प्रति नेपाल पत्रकार महासंघले खेद प्रकट गरेको छ ।

नेपाल पत्रकार महासंघ, जिल्ला शाखा हुम्लामा निर्वतमान अध्यक्ष तथा कचहरी दैनिक र कनकपत्र डट कमका कार्यकारी सम्पादक कर्णबहादुर रोकायाको घरमा ६०/७० जना प्रहरीले घेरा हाली बेलुका ८ बजेतिर बिजुलीको मेन स्वीच बन्द गरी खानतालासी गरेको रोकायाको पारिवारिक स्रोतले बताएको छ ।

त्यस्तै प्रहरी नयाँ पत्रिका दैनिक तथा नेपाल टेलिभिजनका जिल्ला संवाददाता नरजङ्ग तामांगको डेरा खोज्दै हिंडेकये छ । इन्सेक प्रतिनिधि नन्दकुमार सिंहको डेरामा पनि निगरानी राखेको इन्सेक हुम्ला प्रतिनिधि नन्द कुमार सिंहले जानकारी दिएका छन् ।

यस्तै हुम्ला जिल्लाका कर्णाली आवाज एफ.एम र कैलास एफ.एममा पनि निगरानी बढाएइएको छ । के कति कारणले जिल्ला प्रशासन कार्यालय हुम्लाले पत्रकारमाथि निगरानी बढाएको हो सोको बारेमा दवाबमुलक छलफल सहित ध्यानाकषण गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाका अध्यक्ष अर्जुन बोहराले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय हुम्लामा भएको छलफल कार्यक्रममा प्राविधिक कारणबस सञ्चारकर्मी र अन्य क्षेत्रमा खोजविन गर्दा तलमाथि भए पनि गाउँ समाजको शान्ति सुरक्षाका लागि सबैले सहकार्य र समन्वय गरि अघि बढ्नु पर्ने प्रहरी नायव उपरिक्षक सूर्यप्रकाश सुवेदीले बताए ।

जिल्ला प्रहरी कार्यालय हुम्लाबाट सिमकोट बजारतिर जाँदै गरेको अवस्थामा प्रहरीको सुरक्षा घेराबाट नै कुम्भ बुढा भागेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

आगामी दिनमा देश समाजको शान्ति सुरक्षा कायम गर्न गराउनका लागि सबैले हातेमालो गरेर अघि बढ्नु आजको आवश्यकतामा महसुस गरिएको छ । यसबाट सर्प पनि मरोस् लट्ठी पनि नभाँचियोस् भन्ने कुरामा सबै पक्ष सहमत भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको