तीन दिने मर्यादित महिनावारी अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न
२५ मंसिर, काठमाडौं । ‘महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्र हुन्छ पूरा’ भन्ने मूल नाराका साथ डिसेम्बर ८ का दिन दोस्रो विश्व मर्यादित महिनावारी दिवश मनाईएको छ । यसै अवसरमा १६ दिने लैंगिक हिंसाविरुद्धको अभियानको १४औं दिन मनाइने यो दिवसको अवसर पारेर तीन दिने अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठीको आज विश्व मानवअधिकार दिवशको दिन समापन गरिएको छ । उक्त कार्यशाला गोष्ठी विश्वमै पहिलो पटक नेपालमा आयोजना गरिएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र दक्षिण गोलार्दीय मर्यादित महिनावारी संजाल (साउथ एशिया कोलेसन) ले संयुक्त रुपमा आयोजना गरेका थिए । कार्यशाला भर्चुअल र सहभागिमुलक दुवै माध्यमबाट सञ्चालन भएको थियो ।
कार्यक्रमको समापन समारोहमा बोल्दै मितिनि नेपाल फाउण्डेशन नेपालकी लक्ष्मी घलानले लंैगिक हिंसा तथा मर्यादित महिनावारीका कुरामा तेस्रो लिंगि (एलजिबिटिआईक्यु) को कुरा नआउदा दुःख ब्यक्त गर्दै लैगिंक बिभेदको शिकार आफुहरू वारम्बार भैरहनुपरेको बताइन् । त्यस्तै शिक्षा सचिव गोपी मैनालीले नेपालमा मर्यादित महिनावारीका लागि बिभिन्न योजना मुताविक काम भएको भन्दै बिद्यालयस्तरमा गरेका पहलहरूको जानकारी गराए ।
प्रदेश २ का सामाजिक बिकास मन्त्रि ज्ञानेन्द्र कुमार यादवले मधेसी समुदायमा महिलाहरू महिनावारी हुँदा गरिने सामाजिक र साँस्कृतिक विभेदहरू अन्त्यका लागि जनचेतनाको आवश्यक्ता औँल्याउदै आउदा दिनमा प्रदेश सरकार अझ जिम्मेवार भएर यसतर्फ लाग्ने बताए । साथै विश्वमै पहिलो पटक नेपालमा मर्यादिन महिनावारी सम्बन्धी गोष्ठिमा दक्षिण गोलार्दीय मर्यादित महिनावारी सञ्जालकी नेपाल प्रमुख तथा अभियन्ता राधा पौडेलले महीनावारीलाई मानवअधिकार र राजनीतिक दृष्टिकोणबाट हेर्नुपर्ने धारणा राखिन् । उनले भनिन्, ‘महिनावारीलाई विभेद र छुवाछूतको दृष्टिकोणबाट बुझिनु अत्यन्त दुःखद भएकाले मर्यादित महिनावारीको कुरा सबैले गर्नुपर्छ ।’
कार्यशालामा विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । दक्षिण एसियाली मुलुकहरूमा महिला अधिकारका क्षेत्रमा काम गरिरहेकी अधिकारकर्र्मी कमला भसीनले महिनावारीलाई सकारात्मक सोचले हेरिनेुपर्नेमा जोड दिइन् । आफ्नो अघिल्लो पुस्ता, आफु र छोरीको उदाहरण दिदै महिनावारी सम्बन्धि सोच पुस्ता परिवर्तनसँगै परिवर्तन भैरहेकोमा उनले खुशि ब्यक्त गरिन् ।
कार्यशालामा २० देशका ४० जनाले लेखेको ‘मर्यादित महीनावारीः अ प्राक्टिकल ह्याण्डबुक’को विमोचन पनि गरिएको थियो ।
‘मर्यादित महिनावारी दिवस’ सरसफाइभन्दा पनि अधिकारमा केन्द्रित छ । महिनावारी लाई ट्याबुको रुपमा हेर्ने, अशुद्ध, अपवित्र रुपमा हेरिने प्रचलनले महिलालाई थप पीडित बनाइरहेको मात्र होइन किशोरी र महिलाहरूको आत्मविश्वासमा पनि कमि ल्याउने गरेको अधिकारकर्मिहरू बताउछन् ।
महिनावारी दिवश देशका विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरि मनाईएको थियो । नेपालका कतिपय ग्रामीण इलाकामा अझै पनि महिलालाई महिनावारी भएको बेला दूध, माछामासु, फलफुल खान र घरभित्र पस्न समेत नदिइ छाउ गोठमा राख्ने कुप्रथा छ । शहरमा समेत महिनावारी भएको बखत महिलालाई सामाजिक र धार्मिक क्रियाकलापमा सहभागी हुन नदिने चलन कायम छ । यस्ता बिभेदजन्य कुप्रथाको जरैबाट उन्मुलन हुनु आवश्यक छ ।