१४ फाल्गुन २०७७, शुक्रबार

१६ वर्षीया किशोरीमाथि बलात्कार, २१ वर्षीय युवक पक्राउ



२५ मंसिर, काठमाडौं । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ८ लुभु टाउन प्लानिङका २१ वर्षीय श्रीकृष्ण श्रेष्ठलाई महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार श्रेष्ठले ती किशोरीलाई ललाइफकाइ पटकपटक जबरजस्ती करणी गरेको पाइएपछि पक्राउ गरिएको हो ।

किशोरीको स्वास्थ्य परीक्षण गर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका युवालाई हिरासतमा लिई अनुसन्धान अगाडि बढाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु