१४ मंसिर २०७८, मंगलवार

पूर्व राजदुत कमानसिंह लामाको कोरोना संक्रमणबाट निधन



२५ मंसिर, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा नेपालका तर्फबाट दक्षिण कोरियाका पुर्व राजदुत कमानसिंह लामाको कोरोना संक्रमणका कारण निधन भएको छ । लामा डाइभिटिज र उच्च रक्तचापबाट पिडित हुनुहुन्थ्यो ।

काभ्रेपलाञ्चोक जिल्लाको कम्युनिस्ट पार्टीको संस्थापक मध्येका एक लामा संयुक्त जनमोर्चाको तर्फबाट २०४८ देखि २०५१ सम्म प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

उनको निधनले नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनमा अपुरणिय क्षति पुगेको पार्टी पङ्क्ति तथा सर्वसाधारणले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको