५ आश्विन २०७८, मंगलवार

शिक्षक हत्या प्रकरण: विप्लव समूहसँग सरकार आक्रामक बन्ने सङ्केत



२४ मंसिर, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहको हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकार आक्रामक बन्ने संकेत देखिएको छ । मंगलबार समूहले मोरङ मिक्लाजुङमा शिक्षकको हत्या गरेपछि गृह मन्त्रालयले आज(बुधबार) केन्द्रीय सुरक्षा समिति बैठक बोलाएको हो ।

गृहमन्त्री रामबहादुर थापाले बुधबार मन्त्रालयमा चारै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिलाई बोलाएर छलफल गरेका छन् । यसलाई गृह मन्त्रालयले ‘नियमित सुरक्षा बैठक’ भनेपनि मोरङका शिक्षकको निर्मम हत्याप्रति गृहमन्त्री थापाले गम्भिर रूपमा लिएको बताइएको छ ।

बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशक गणेश अधिकारी र नेपाली सेनाका प्रतिनिधि सहभागी थिए ।

मंगलबार विप्लव समूहले मिक्लाजुङ वडा नम्बर १ स्थित सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई नियन्त्रणमा लिई नजिकैको बर्खे जंगलमा घाँटी रेटी हत्या गरेको थियो ।

विप्लव समूह व्यक्ति हत्यामा संलग्न भएको भन्दै बैठकमा सहभागी सुरक्षा निकायका प्रतिनीधिहरूलाई गृहमन्त्री थापाले सुरक्षा रणनीति परिवर्तन गर्न निर्देशन दिएको बुझिएको छ । यसअघि विप्लव समूहको घोषित रणनीतिमा व्यक्ति हत्या थिएन ।

सरकार विप्लव समूहको व्यक्ति हत्यामा संलग्न राजनीतिको मुखदर्शक नबन्ने गृहमन्त्रालय स्रोतले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले भने, ‘यो नियमित बैठक हो, यहाँ निर्णय हैन, ब्रिफिङ र निर्देशन हुन्छ, यो गोप्य रहने हुनाले सार्वजनिक गर्न मिल्दैन ।’

प्रवक्ता बुढाको भनाइको सार बुझ्दा गृहमन्त्रीले विप्लव समूहमाथि आक्रामक कारबाही अगाडि बढाउन सुरक्षा निकायका प्रतिनीधिलाई निर्देशन दिएको बुझिएको छ ।

यो पनि पढ्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको