रूपेशले गाएको ‘बालखैमा दिल बस्यो’ २ करोड ७० ले हेरेपछि हर्षोल्लास
२४ मंसिर, सर्खेत । दैलेख आइडलका रूपमा परिचित गायक रुपेश चन्दको आवाजमा ‘बालखैमा दिल बस्यो गौंथली, नभागौं त मन भो खल्बली, भागौं भने बाल विवाहको मुद्दा चलानी’ बोलको गितको भिडियो युट्युव मार्फत् भाइरल बनेको छ ।
उक्त गीत रिलिज भएको एक वर्षमा नै भिडियो २ करोड ७० लाखले हेरेका छन् । युवा निर्देशक निर्मल पौडेलले निर्देशन गरेको यस म्युजिक भिडियोमा रुपेशका साथै सुर्खेतका पुजा गाहा र मिलन विकको जोडदार अभिनय गरेका छन् । दीपक शर्माको शब्द र संगीत रहेको भिडियोको कोरियोग्राफी भने हेमन्त भुषालले गरेका हुन् ।
सुर्खेतका विभिन्न ठाउँमा छायाङ्कन गरिएको म्युजिक भिडियोलाई ओएसआर डिजिटलले युट्युब च्यानलमार्फत् सार्वजनिक गरेको हो । दैलेख नौमूलेका १६ वर्षिय रुपेशले यसअघि दैलेख आइडलको उपाधि हात पारिसकेका छन् ।
मंगलबार वीरेन्द्रनगरमा एक औपचारिक कार्यक्रम गरी निर्मल फिल्म्स प्रा.लि.ले कलाकार, मोडेल र निर्माता लगायतलाई पुरस्कारसहित सम्मान गरेको छ ।
निर्देशक निर्मल पौडेल भने, ‘बालविवाह विरुद्ध जनचेतना फैलाउन म्युजिक भिडियो उपयोगी छ । यो गीत २ वर्ष अगाडि नै रेकर्ड भएको भए पनि बजेटको अभावले गर्दा कारण भिडियो बन्नलाई ६ महिना लाग्यो ।’ हर्षित मुर्दामा रहेका निर्देशक पौडेलले छोटो समयमा नै यति धेरै भाइरल होला भन्ने नसोचेको बताए ।
सहायक निर्माता धिरेन चन्द ठकुरीले भने, ‘मोफसलमा बसेर हामीले गरेको सानो प्रयासले आज देश विदेशमा चर्चा कमाउन सफल भएकोमा ज्यादै उत्साहित भएका छौ । दर्शकहरुको यो अपार मायाले हामीलाई थप उत्साहित बनाएको छ ।’ चन्दले अबको आगामी पोजेक्ट ‘बालखैमा दिल बस्यो–२’ को तयारिमा आफुहरू रहेको बताए ।