११ मंसिर २०७८, शनिबार

१४८३ डिस्चार्ज : थप १०५६ जनामा कोरोना पुष्टि, १४ को मृत्यु



२४ मंसिर, काठमाडौं । बुधबार देशभर १ हजार ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उल्लिखित संख्यामा भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

आज थपिएकासहित नेपालमा हालसम्म कोरोना सङ्क्रमित हुनेको संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको छ ।

देशका विभिन्न अस्पतालमा उपचाररत १४ सय ८३ जना भाइरस सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण आज १४ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या १६ सय ५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ६ हजारको पिसिआर परिक्षण भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको