उप–प्राध्यापक चलाउनेका लागि न्यायका पक्षमा विद्यार्थीको प्रदर्शन
२४ मंसिर, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र संकायका उप–प्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण भएको विषयलाई लिएर विद्यार्थीले प्रदर्शन गरेका छन् । आक्रमण भएको त्रिसठ्ठी दिन बित्दा पनि न्याय नपाएको भन्दै विद्यार्थीले त्रिभुवन विश्वविद्यालयमा प्रदर्शन गरेका हुन् ।
विश्वविद्यालयभित्र प्रदर्शन गरेका विद्यार्थीले काठमाडौँ जिल्ला अदाअदालतको आदेशप्रतिसमेत आक्रोश व्यक्त गरेका छन् । उनीहरूले काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको आदेश बदनीयतपूर्ण भएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
प्रदर्शनपछि अपिल जारी गर्दै विद्यार्थीले विश्वविद्यालयभित्र भय र त्रासको वातावरण रहेकाले विश्वविद्यालयको गरिमा बचाउन सहयोग गरिदिन आग्रह गरेका छन् । ‘घटनाको ६३ दिन भयो, प्रेम चलाउने सरले कहिले न्याय पाउने ? अभियुक्त अपराध स्वीकार्ने, काठमाडौँ जिल्ला अदालत अपराधी जोगाउने ! हामीलाई कसले न्याय दिने ?’ लेखिएको व्यानरमा त्रिभुवन विश्वविद्यालयका न्यायप्रेमी विद्यार्थीहरूले उक्त प्रदर्शन गरेका हुन् ।