१६ श्रावण २०७८, शनिबार

विप्लव समूहको अपहरणमा परेका शिक्षक घाँटी रेटिएको अवस्थामा फेला परे



२३ मंसिर, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताको अपहरणमा परेका शिक्षकको शव घाँटी रटेर हत्या गरेको अवस्थामा फेला परेको छ । मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको शव घाँटी रेटिएको अवस्थामा फेला परेको हो ।

मंगलबार बिहान सवा ६ बजे विप्लव समूहका कार्यकर्ताले श्रेष्ठलाई अपहरण गरेका थिए । घरबाट एक किलोमिटर टाढा बर्खे सरकारी वनमा लगेर उनको हत्या गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी उपरिक्षक उद्धव पोखरेलले हात अगाडि बाँधेर घाँघी रेटेको अवस्थामा शिक्षकको शव फेला परेको जानकारी दिए ।

अपहरण पछि नजिकैको बर्खे जङ्गलमा गोली चलेको आवाज सुनेको भनी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अपहरित शिक्षकको शव भटीएपछि प्रहरीले हत्यापछि विप्लव कार्यकर्ताले हवाई फायर गरेको हुनसक्ने जनाएको छ ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको छ । उपरिक्षक पाखरेलले भने ‘प्रारम्भिक अनुसन्धानका क्रममा विप्लव समूहले सुराकीको आरोपमा शिक्षक श्रेष्ठको हत्या गरेको देखिएको छ ।’ घटनाका विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाइसकेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु