१४ फाल्गुन २०७७, शुक्रबार

अनौठो शिशुको जन्म : जसको मलद्वार, नाक र ओठ छैन !



२३ मंसिर, बैतडी। बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर-५ मा अनौठो शिशुको जन्म भएको छ । गाउँपालिकाको मड्की गाउँकी २१ वर्षीय गीत विकले यस्तो अनौठो बच्चा जन्माएकी हुन् ।

पहिलो सन्तानका रूपमा जन्मिएको छोराको मलद्वार, नाक र ओठ छैन । श्वासप्रश्वासमा महत्वपुर्ण भूमिका खेल्ने अङ्ग नाक र पाचन प्रकृयामा महत्वपूर्ण भूमिका खेल्ने अङ्ग मलद्वार नै नहुँदा बच्चा बाच्नेमा आशङ्का उत्पन्न भएको छ ।

अहिले बच्चाले दुध चुस्न नसकेको र चम्चाले दुध खुवाइएको पारिवारीक स्रोतले जनाएको छ । शिशुलाई उपचारका लागि स्वास्थ्य चौकीले धनगढी रिफर गरेपनि आमा र शिशु घर फर्किसकेको बताइएको छ ।

सामान्यतया बच्चा अपाङ्ग नै जन्मिए पनि मलद्वार नै नभएको बच्चा बिरलै मात्र जन्मिने गर्छन् ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु