२३ फाल्गुन २०७७, आईतवार

सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो



२३ मंसिर, काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले वृद्धि भएको छ । नेपाल र चीन सरकारले आज संयुक्त रुपमा सर्वोच्च शिखर सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् । अब सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर हुने भएको छ ।

यसअघि सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर थियो । अहिले ८ हजार ८ सय ४८ दशमलव ८६ पुगेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

नापी विभागका दुई कर्मचारी खिमलाल गौतम र रविन कार्कीले सन् २०१९ मे २३ मा सगरमाथाको चुचुरोमै पुगेर नयाँ उचाई मापन गरेका थिए । उनीहरूले सगरमाथाको उचाई मापन गर्न ग्लोवल न्याभिकेशन स्याटलाइट सिस्टम (जिएनएसएस) प्रविधि प्रयोग गरेका थिए । यो प्रविधि सबैभन्दा विश्वसनीय र अत्याधुनिक मानिन्छ ।

नेपालले पहिलो पटक आफ्नै स्रोतसाधनले सगरमाथाको उचाइ मापन गरेको हो । नेपालले करीब दुई वर्ष लगाएर उचाइ मापन गरेको थियो । नेपालले सगरमाथाको उचाइ मापन कार्य अन्तिम चरणमा पुर्याएको बेला चीनले पनि उत्तरी मोहडाबाट सगरमाथाको मापन सुरु गरेको थियो ।

गत वर्ष चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणका क्रममा दुवै देशले मिलेर सगरमाथाको उचाइ घोषणा गर्ने सम्झौता गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु