विवाह बन्धनमा बाँधिइन् अभिनेत्री श्वेता खड्का
२२ मंसिर, काठमाडौं । लोकप्रिय अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिएकी छिन् । सोमबार काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा विजयन्द्र सिंह रावतसँग अभिनेत्री खड्का विवाह बन्धनमा बाँधिएकी हुन् ।
धनगढीका विजयन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाधिँएकी श्वेताको विवाहमा सिमित पारिवारिक सदस्य र साथीहरूको उपस्थिति रहेको थियो ।
उनको विवाहको तस्बिरहरू पनि सार्वजनिक भएको छन् । पति श्रीकृष्ण श्रेष्ठको निधन भएको करिब ६ वर्षपछि श्वेता विजयन्द्र सिंहसँग विवाह बन्धनमा बाधिँएकी हुन् ।
‘कहाँ भेटिएला’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी श्वेताले हालसम्म आधा दर्जन बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् ।