१६ श्रावण २०७८, शनिबार

रौतहट बमकाण्डका मुख्य आरोपी अफताबका भाई मोहताब पक्राउ



२२ मंसिर, काठमाडौं । रौतहट बमकाण्डका मुख्य आरेपी मोहम्मद अफताब आलमका भाई मोहम्मद मोहताब आलम पक्राउ परेका छन् । भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले उनलाई भारतको मोतिहारीबाट पक्राउ गरेको हो ।

रौतहट बमकाण्ड पछि प्रहरीको खोजिमा सूचिमा रहेका ५५ वर्षीय मोहताब पक्राउ परेका हुन् ।

रौतहट साविक राजपुर फरदहवा गाविस वडा नम्बर–४ हाल राजपुर नगरपालिका–४ मा २०६४ चैत २७ गते बम विस्फोट गराएको आरोपमा कांग्रेस नेता आलम अहिले पुर्पक्षका लागि थुनामा छन् ।

प्र्रदेश प्रहरीले भने मोहताबलाई नेपाल–भारत सीमाना बौदीमाई नगरपालिका वडा नम्बर ७ बड्की बंकुल क्षेत्रबाबाट पक्राउ गरिएको बताएको छ । प्रदेश प्रहरी प्रवक्ता कृष्ण प्रसाईंका अनुसार ५५ वर्षीय मोहताबलाई बौदीमाई नगरपालिका वडा नम्बर ८ बाट सोमबार बिहान पक्राउ गरिएको हो ।

प्रारम्भिक अनुसन्धानमा मोहताबले बमकाण्डमा आफ्नो संलग्नता रहेको स्वीकार गरेका छन् । उनले आफ्ना दाई अफताबको निर्देशनमा घटना लुकाउने उद्देश्यले विस्फोटमा परी मृत्यु तथा घाइते व्यक्तिहरूलाई ट्याक्टरमा राखेर इँटाभट्टामा जलाएको स्वीकार गरेको प्रहरीको दाबी छ ।

बमकाण्डका मुख्य आरोपीका भाई मोहताब पक्राउ परेसँगै घटनासँग जोडिएको थप रहस्य पर्दाफास हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु