२० जेष्ठ २०८०, शनिबार

सुशासनको जग सु–संस्कार


हरि उपाध्याय
२१ मंसिर २०७७, आईतवार

सामान्यतया सुशासन भन्ने वित्तिकै शासन प्रणाली अर्थात् सेवा प्रदायक र सेवाग्राही बीचकोे सम्बन्धको अवस्थालाई बुझाउँछ । यसको प्रमुख दायित्व राज्य र यसका निकायहरूको हो भन्ने आम बुझाइ रहेको छ । नेपालको सुशासन ऐन २०६४ को प्रस्तावनामै पनि सार्वजनिक प्रशासनलाई जनकेन्द्रित, सहभागितामूलक, जवाफदेही, पारदर्शी र समावेशी बनाउनका लागि कानुनी प्रावधान आवश्यक रहेको भन्ने कुरा उल्लेख गरिएको छ । तर सुशासन कायम हुन नसक्नु अर्थात् भ्रष्टाचार मौलाउनुको मुलकारण हरेक व्यक्तिले धारण गरेको संस्कार, प्रवृती र व्यवहार रहेको कुरा सर्वसम्मत भएको छ ।

राज्यको कानुन कार्यान्वयनको पक्ष फितलो हुनु, नागरिक समुदाय निष्पक्ष हुन नसक्नु, पत्रकारितामा राजनीतिकरण हुनु, गैरसरकारी संस्थाहरू दातृ निकाय केन्द्रित हुनु, राजनीतीक नेतृत्व भ्रष्ट हुनु जस्ता कारणहरू छलफलमा आएका थिए । कालिकोटका पत्रकार अशोक सिंहले पत्रकारहरूले यस क्षेत्रको विशिष्टतालाई गलत प्रयोग गर्दै छोटो समयमै आर्थिक र अन्य शक्ति सङ्कलन गर्ने अभिलाशाले गलत बाटोको प्रयोग गरी अनियमितता भित्र्याएको कुरा राखे ।

भर्खरै वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न सुशासन सम्मेलनमा कर्णालीका ४ जिल्लाका विभिन्न समुदायबाट प्रतिनिधित्व गरी उपस्थीत भएका सहभागीहरूले उक्त निस्कर्ष निकालेका हुन् । विभिन्न क्षेत्रमा रहि सुशासनका क्षेत्रमा कार्यरत सहभागीहरूले विभीन्न प्रयासहरूका बावजुत सुशासन कायम हुन नसक्नुको खास कारणको खोजी गरेका थिए । राज्यको कानुन कार्यान्वयनको पक्ष फितलो हुनु, नागरिक समुदाय निष्पक्ष हुन नसक्नु, पत्रकारितामा राजनीतिकरण हुनु, गैरसरकारी संस्थाहरू दातृ निकाय केन्द्रित हुनु, राजनीतीक नेतृत्व भ्रष्ट हुनु जस्ता कारणहरू छलफलमा आएका थिए । प्रस्तुत सबै कारणहरू पछाडिको कारण समेत हेर्ने गरी सहजिकरण गरिएको उक्त छलफलमा सहभागीहरूले आ–आफ्नो अनुभवमा आधारित बुझाई राखेका थिए । कालिकोटका पत्रकार अशोक सिंहले पत्रकारहरूले यस क्षेत्रको विशिष्टतालाई गलत प्रयोग गर्दै छोटो समयमै आर्थिक र अन्य शक्ति सङ्कलन गर्ने अभिलाशाले गलत बाटोको प्रयोग गरी अनियमितता भित्र्याएको कुरा राखे । उनले निष्पक्ष पत्रकारिता गर्नेहरूका लागि पनि राजनीतीक र अन्य शक्तिको प्रयोग गरेर समेत निश्पक्ष पत्रकारितालाई दुरुत्साहन गरेको अनुभव उनले सुनाए ।

यहाँ सुशासनका कुरा औपचारिकतामा मात्रै सिमित छन्, कोहिपनि आफुतर्फ फर्केर हेर्ने, समिक्षा गर्ने, परिमार्जित हुने पक्षमा छैनन् अरुलाई मात्र दोषरोपण गरेर आफु इमान्दार सावित हुने प्रयास गर्ने प्रवृती हावी छ । सबैले एक पटक स्व–मूल्याङ्कन गरेर हेर्ने हो भने इमान्दार भेट्न मुस्किल अवस्था छ । त्यसैले आफ्नो मुल्य, मान्यता, सोच, व्यवहार र प्रवृतीलाई स्व–मुल्याङ्कन मार्फत् सुधारतर्फ उन्मुख हुन र गराउन सकेमात्र सुशासन सवालको अपेक्षा गर्न सकिन्छ । त्यसैले सबैले आफु र आफ्नो घर र समुदायबाट सुरुवात गर्दा मात्रै पनि एउटा सकारात्मक अभियानको सुरुवात हुन्छ ।

त्यसैगरी जाजरकोटको भेरी नगरपालिका निवासी एक सहभागीले आम नागरिकहरूमा पनि इमान्दारिता नभएको, जवसम्म आफुलाई केहि लाभ भइरहन्छ सहभागी हुने तर जब केही लाभ हुँदैन अनि मात्र विरोधमा उत्रिने प्रवृती रहेको अनुभव प्रस्तुत गरिन् । सबैलाई कसरी हुन्छ आफ्नो फाइदा हेर्नेतर्फ मात्र मतलव छ उनले थपिन । आफ्नो अनुभव राख्ने क्रममै सल्यानका सहभागीले भने, ‘आजभन्दा १५ वर्ष पहिले पत्रकारिता गर्दै गर्दा सुशासनका सवालहरू यत्तिकै जटिल थिए र हाल आएर बढेका छन् तर घटेका छैनन् । यो समय अवधिलाई फर्केर हेर्दा यहाँ सुशासनका कुरा औपचारिकतामा मात्रै सिमित छन्, कोहिपनि आफुतर्फ फर्केर हेर्ने, समिक्षा गर्ने, परिमार्जित हुने पक्षमा छैनन् अरुलाई मात्र दोषरोपण गरेर आफु इमान्दार सावित हुने प्रयास गर्ने प्रवृती हावी छ । सबैले एक पटक स्व–मूल्याङ्कन गरेर हेर्ने हो भने इमान्दार भेट्न मुस्किल अवस्था छ । त्यसैले आफ्नो मुल्य, मान्यता, सोच, व्यवहार र प्रवृतीलाई स्व–मुल्याङ्कन मार्फत् सुधारतर्फ उन्मुख हुन र गराउन सकेमात्र सुशासन सवालको अपेक्षा गर्न सकिन्छ । त्यसैले सबैले आफु र आफ्नो घर र समुदायबाट सुरुवात गर्दा मात्रै पनि एउटा सकारात्मक अभियानको सुरुवात हुन्छ ।’ उनले यसो भन्दा सवैले तालीबजाएर सहमती जनाएका थिए ।

सुशासनको जिम्मेवारी सार्वजनिक प्रशासनको मात्र अथवा राज्य र त्यसका निकायको मात्र भन्ने तरिकाले नभएर राज्यका हरेक नागरिक सुशासित हुनु पर्छ भन्ने तरिकाबाट वकालत गर्नु पर्ने कुरामा सबैले जोड दिए । सुशासनलाई प्रसय दिने कुरामा गैर सरकारी, पत्रकारिता, सार्वजनीक प्रशासन, राजनीतिलगाएत सबै क्षेत्रले आत्मविश्लेषण गरेर अगाडि बढ्नु पर्ने कुरामा सबैले एकमत जाहेर गरे । सुर्खेत स्थित सक्रिय पत्रकार लक्ष्मी भन्डारीले स्वच्छ, खोजमुलक र निष्पक्ष पत्रकारिता गर्नेहरूका लागि राम्रो अवसर रहेको तर मानिसहरू छिटो आर्थिक र अन्य शक्ति आर्जन गर्ने लोभमा गलतमार्ग प्रयोग गर्ने गरेको कुरा राखिन ।

समाजशास्त्रका प्राध्यापक मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पुर्व डिन पिताम्बर सुवेदीले अग्लो घरको भर्याङ्ग सफाई गर्दा माथिबाट सुरु गर्नुपर्ने विम्ब प्रयोग गर्दै भ्रष्टाचार निवारणको सुरुवात पनि राजनीतीक नेतृत्व र राज्यका प्रमुख अंगहरूबाट सुरु गर्नु पर्ने तर्क राखेका थिए । त्यसैगरी कार्यक्रममा उपस्थित कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले राज्यको समावेशी र न्यायपुर्ण कानुन र सक्रिय नागरिक समदायले नै सुशासन कायम गर्न सकिने कुरामा जोड दिए ।

जाजरकोटका नागरिक समुदायका अगुवा राजेन्द्र विक्रम शाहले लोकतन्त्रमा नागरिकको भुमिका अहं हुनुपर्नेमा हामीकहाँ स्वतन्त्र र तठस्थ नागरिक फेला पार्नै मुस्किल रहेको यर्थात प्रस्तुत गरे । विषय केन्द्रित भएर सत्य र न्यायको पक्षमा निर्णायक भुमिका खेल्नुपर्ने नागरिकहरू पनि विभीन्न आग्रह या पुर्वाग्रहमा परेर प्रस्तुत हुँदा समाजमा भ्रष्टाचारले जरा गाडेको अनुभव उनको थियो । समाजशास्त्रका प्राध्यापक मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पुर्व डिन पिताम्बर सुवेदीले अग्लो घरको भर्याङ्ग सफाई गर्दा माथिबाट सुरु गर्नुपर्ने विम्ब प्रयोग गर्दै भ्रष्टाचार निवारणको सुरुवात पनि राजनीतीक नेतृत्व र राज्यका प्रमुख अंगहरूबाट सुरु गर्नु पर्ने तर्क राखेका थिए । कार्यक्रममा उपस्थित सहकर्मी समाजका कार्यकारी निर्देशक अम्मर बहादुर ऐरले समुदायमा पनि जसको ठुलो घर छ, जसले छीटो आर्थिक सम्पन्नता हासिल गरेको छ, जो शक्तिमा छ उसलाई प्रश्न गर्ने नभई, आदर, सम्मान र प्रेरणाको रुपमा लिने प्रवृतीले पनि समाजलाई भ्रष्ट समाजतर्फ उन्मुख हुन सहयोग गरेको अनुभवहरू राखे । साथै उनले यस्ता विषयमा समुदायमा आम रूपमा नियमित छलफल, सम्वाद र योजनाहरू बन्ने वातावरण सिर्जना गर्न सवैले सहकार्य गर्नुपर्ने कुरामा जोड दिए । त्यसै गरी सुर्खेतमा रहि सुशासनका क्षेत्रमा कार्यरत एक युवा दिनेश गौतमले सरकार र यसका निकायहरूले प्रदान गर्ने सेवा र सहयोगको पर्याप्त मापन, मुल्याङ्कन र विश्लेषण हुने परिपाटी फितलो रहेको र नागरिकको प्रस्न गर्ने अभ्यास नभएको तितो अनुभव राखेका थिए ।

कालिकोटका राष्ट्रिय सभा सदस्य जिवन बुढाले सुशासनका लागि राजनीतिक इमान्दारिता र नागरिक उत्तरदायित्व सहितको सहभागिता महत्वपुर्ण रहेको धारणा राखेका थिए । उनले सुशासन सवलिकरण र निर्वलीकरणमा प्रमुख भुमिका खेल्ने भएकाले सरोकारवाला सवैले समन्वय र सहकार्यमा यसका काम गर्नुपर्ने जोड दिए । त्यसैगरी कार्यक्रममा उपस्थित कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले राज्यको समावेशी र न्यायपुर्ण कानुन र सक्रिय नागरिक समदायले नै सुशासन कायम गर्न सकिने कुरामा जोड दिए ।

सहकर्मी समाज र कर्णाली प्रदेश सरकार अन्तर्गतको सुशासन कार्यक्रमको सहकार्यमा आयोजीत यस सम्मेलनले प्रदेशमा सुशासनलाई आम एजेण्डाको रूपमा उठाउन र संयुक्त पहल गर्ने वातावरण सिर्जना गरेको छ र प्रदेश स्तरीय सुशासन सञ्जाल गठन गर्नका लागि तदर्थ समिति समेत गठन गरेको छ । यहाँ उठेका विषय र विचारहरू नयाँ र पहिलो पटक निस्केका पक्कै होइनन् तर सुशासन सवलीकरणका लागि अपरिहार्य विषयहरू हुन । यिनै विषयलाई औपचारीकतामा मात्र प्रयोग र सम्प्रेषण नगरी हरेकले आफ्नो व्यक्तिगत मुल्य र व्यवहारमा रूपान्तरण गर्न सकेमात्र वास्तविक सुधारको पहल हुनेछ । आउनुहोस् यो सवालमा हामी सङ्कल्पित भएर एकजुट होऔं र रूपान्तरणको सहयात्री बनौं ।

(लेखक उपाध्याय सामाजिक अभियन्ता एवम् साधक हुन् ।)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको