६ आश्विन २०८०, शनिबार

कोरोना महामारी नियन्त्रण हुन अझै दुई वर्ष लाग्ने !



६ भाद्र, काठमाडौं । चीनको वुहानबाट विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरससँग आज दुनियाँ लडिरहेको छ । भाइरससँग लडेकाहरू कोही कहिल्यै नउठ्ने गरी लडिरहेका छन् त कोही लडेर पनि उठेर हिंड्न थालेका छन् ।

यहि बीचमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यू.एच.ओ)का प्रमुख डा. टेड्रोस एडनोम गेब्रियसको अभिव्यक्तिले आत्मविश्वासलाई औषधि बनाएर बाँचीरहेको विश्व मानव समुदाय थप त्रसित् बनेको छ ।

विश्व स्वास्थ्य सङ्गठन प्रमुखले दुई वर्षभित्रमा विश्वमा कोरोना भाइरस नियन्त्रण हुनसक्ने अनुमान लगाइरहँदा यसपछिको अवस्था कति भयावह हुने हो कुनै लेखाजोखा छैन । आजका दिनसम्म कोरोनालाई जित्ने कुनै भ्याक्सिन प्रतिपादन हुन सकेको छैन । रुसले प्रतिपादन गरेको भ्याक्सिन पनि विवादमा तानिए पछि विश्वस्त भएर प्रयोग गर्न मिल्ने अवस्था देखिएन ।

सङ्गठनका प्रमुख गेब्रियसले शुक्रबार सन् १९१८ को स्पेनिस फ्लूको तुलनामा कोरोना भाइरसको महामारी छिटो नियन्त्रणमा आउने बताए । विज्ञान र प्रनिधिको तिब्र विकासले सबै देशहरुको एक अर्कासँगको सहज सम्पर्क कारण भाइरस विश्वभर फैलिएको भन्दै गेब्रियसले आधुनिक प्रविधि र उपचार पद्धतिका कारण पनि स्पेनिस फ्लूभन्दा छिटो कोरोना सङ्कट टर्न सक्ने विश्वास व्यक्त गरे ।

सन् १९१८ को फेब्रुअरीबाट सन् १९२० सम्म विश्वभर फैलिएका स्पेनिस फ्लूका कारण करिब २ करोड मानिसको ज्यान गएको थियो ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख त कोरोना महामारीका सन्दर्भमा अनुमान र विश्वास मात्रै गर्न सक्छन् भने हाम्रो जस्तो अल्पविकसित मुलुकका लागी कोरोना कति भारी सावित हुनसक्ला हामी सहजै बनुमान लगाउन सक्छौं ।

तै पनि विश्वास गरौं, छिट्टै विश्वमा आधिकारिक कोरोना भ्याक्सिन् प्रतिपादन भएको घोषणा विश्व स्वास्थ्य सङ्गठनले गर्नेछ । अहिले निषेधाज्ञाका पालना गरेर कोरोना बन्दी जीवन बिताइरहेका हामीजस्ता कयौं मान्छेहरू निर्धक्क आफ्नो पेशा, व्यावसाय र कर्ममा फर्किन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको