युवा नेता चित्र र जनमले अग्नि पिडितलाई गरे सहयोग
१८ मंसिर, कालीकोट । कालीकोटको राँचुलीका अग्नि पिडितलाई नेकपाका युवा नेता एवम् व्यवसायी जनम हमाल र चित्र हमालले ६६ हजार दुई सय ५० रूपैँयाको चेक हस्तान्तरण गरेका छन ।
बिहिवार काठमाडौँमा पत्रकार विश्वनाथ सिम्खाडा मार्फत राँचुलिका अग्नि पिडितलाई पुग्नेगरी दुवै जना व्यावसायीले आर्थिक सहयोग गरेका हुन् ।
कालिकोट–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष समेत रहेका जनम हमालले आफ्नो सानो सहयोगले विपतमा परेका नगरवासिलाई थोरै भए पनि राहत पुग्ने बताए । उनले भने, विपतमा परेका नागरिकको सहयोग गर्नु नै मानवताको परिचय हो, आफुसँग धेरै सम्पति भएर होइन, सहयोगी भावना जोगाउन अग्नि पिडितलाई सकेजति सहयोग गरेको बताए ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी कर्णाली प्रदेश सम्पर्क कमिटीका सदस्य समेत रहेका चित्र हमालले पनि ३१ हजार एक सयको सहयोग गरेका छन्। हमालले भने, ‘दुख र पिडामा रहेका नागरिकको सेवा र सहयोग गर्नु मानवको कर्तव्य रहेकोले आफुले अग्नि पिडितलाई आफ्नो तर्फबाट राहतस्वरूप सानो सहयोग गरेको बताए । आफुहरू काठमाडौँमा वसेर व्यावसाय गरेपनि जिल्लादेखि केन्द्रसम्मको अवस्थाको चासो र चिन्ता रहेको उनले बताए ।