४ आश्विन २०८०, बिहीबार

ट्रम्प अमेरिकाको राष्ट्रपति रहेसम्म कोरोना नियन्त्रणमा आउदैन : राष्ट्रपति उम्मेदवार विदेन



६ भाद्र, काठमाडौं । अमेरिकी पूर्व उपराष्ट्रपति जो विदेन डेमोक्राटिक राष्ट्रिय सम्मेलनबाट ३५५८ प्रतिनिधिको मत प्राप्त गरी सर्वसम्मत राष्ट्रपतिका उम्मेदवार औपचारिक रूपमा चुनिएका छन् । ४ दिनसम्म चलेको डेमाक्र्याटहरूको सम्मेलनबाट उनी सर्बसम्मत राष्ट्रपतिको उम्मेदवार बनेका हुन् ।

उनको समुहबाट भारतीय अफ्रिकी मूलकी कमला ह्यारिस उपराष्ट्रपतिका रूपमा उभिनेछिन् । कमला ह्यारिसले बिहीबार आयोजित सम्मेलनमा आफ्ना विचार राखिसकेकी छिन् । डेमोक्र्याटिकतर्फबाट राष्ट्रपतिका उम्मेदवार विदेनले चुनाव जितेमा कमला अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बन्ने अवसर पाउनेछिन् ।

सम्मेलनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्व राष्ट्रपति र नेताहरु विल क्लिन्टन, वराक ओवामा, हिलारी क्लिन्टन, नान्सी पावेल, मिसेल ओबामा, एलिजावेथ वारेनलगायतले आफ्ना विचारहरु राखेका थिए । उनीहरुले ट्रम्पका नीतिहरुको खुलेर आलोचना गरेका छन् ।

डेमोक्र्याटिक उम्मेदवार जो विदेनले राष्ट्रपतिका रूपमा आफ्नो मनोनयन स्वीकार गर्दै आफु राष्ट्रपति भएमा पहिलो दिन देखि नै कोरोना महामारीलाई नियन्त्रणमा लिन कदम चाल्ने बताएका छन् । तर ट्रम्प पुन राष्ट्रपति रहेसम्म स्थिति झनै भयाभह हुने उनले बताए ।

विदेश सम्बन्धमा चीनलाई लक्षित गर्दै उनले भने, ‘अमेरिका एक देशसँग मात्रै आयात निर्यातमा निर्भर रहदैन ।’ त्यस्तै विदेनले रुसलाई लक्षित गरी अमेरिकी चुनावमा विदेशी चलखेल गर्न नदिने कुरा दृढता व्यक्त गरे । उनले प्रजातन्त्र र मानवाधिकारको संरक्षण तथा वातावरण परिवर्तनका विरुद्ध लड्ने प्रतिवद्दता ब्यक्त गरेका छन् ।

सम्मेलन सकिए लगत्तै ट्रम्पले विदेनलाई लक्षित ट्वीटमा लेखेकय छन् : विगत ४७ वर्षमा विदेनले आज बोलेका मध्य केही काम पनि गर्न सकेका छैनन् । उनले केही परिवर्तन गर्न सक्दैनन् , केवल शब्द बोल्छन् मात्रै ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको