११ मंसिर २०७८, शनिबार

नेकपा फुटाउने अधिकार कसैलाई छैन : मुख्यमन्त्री राई



१८ मंसिर, काठमाडौं । प्रदेश नंम्बर १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न र टुट्नका लागि नबनेको बताएका छन् ।

सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवन उद्घाटनपछि मुख्यमन्त्री राईले नेकपालाई फुटाउने अधिकार कसैलाई नभएको भन्दै आफूहरूले पार्टी फुट्न नदिने दृढता व्यक्त गरे ।

अर्के प्रसङ्गमा मुख्यमन्त्री राईले विगत तीन वर्षमा प्रदेशमा ठूलै विकासको लहर आएको बताए । उनले भने, ‘हामी निर्वाचित भएर आउँदा शून्य अवस्थामा थियौँ, अहिले हिँड्ने अवस्थामा पुगेका छौंँ ।’

मुख्यमन्त्री राईले कोरोना महामारीमा पनि प्रदेश सरकारले विकासका काम गरिरहेको बताउदै अब कोरोनासँग लडेर अघि बढ्नुको विकल्प नरहेको धारणा राखे ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको