१८ मंसिर २०७८, शनिबार

प्रधानमन्त्रीलाई देउवाको फोनपछि वरिष्ठ नेता पौडेल रिहा



१७ मंसिर, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । निषेधाज्ञा उल्लंघन गरेको भन्दै आज दिउँसो पक्राउ गरिएका नेता पौडेललाई साझ रिहा गरिएको हो । पौडेलसँगै पक्राउ परेका काँग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेलाई पनि पौडेलसँगै रिहा भएका छन् ।

रिहा भएपछि नेता पौडेलले सरकारले अधिनायकवादी चरित्र देखाउँदै आफूलाई पक्राउ गरिएको र शक्ति दुरूपयोग गरेको आरोप लगाएका छन् । पौडेलले बिहीबार बिहान पुल उद्घाटन गरिने जानकारी गराए ।

आफ्नो पालामा निर्माण भएको पुल उद्घाटन गर्न स्थानीय सरकार र पुल निर्माण समितिले आफूलाई बोलाएकाले गएकोमा सरकारले सुरक्षा दिनुको सट्टा उल्टो अधिनायकवादी चरित्र देखाएको पौडेलले आरोप लगाए ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको धरपकडलाई लिएर प्रधानमन्त्रीलाई फोन गरेका थिए । देउवाले प्रधानमन्त्रीलाई फोन गरी नेता पौडेललाई किन पक्राउ गरेको भनेर प्रश्न गरेका थिए ।

देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार सभापति देउवाले वरिष्ठ नेता पौडेललाई तत्काल रिहा गर्नसमेत माग गरेका थिए । नेता पौडेलकै शान्ति सुरक्षाका लागि प्रहरीले सुरक्षित स्थलमा लगेको तर्क गर्दै तत्काल रिहाइ गरिन्छ प्रधानमन्त्रीको जवाफ थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको