३ आश्विन २०८०, बुधबार

१३औँ साग खेलकुदको १ वर्षपछि खर्च विवरण सार्वजनिक



१७ मंसिर, काठमाडौँ । १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा १ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको हिसाव सार्वजनिक गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव रमेश कुमार सिलवालले बुधबार पत्रकार सम्मेलन गर्दै सागको हिसाबकिताब सार्वजनिक गरेका हुन्। प्रतियोगिता भएको ९० दिनभित्र हिसाब सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि सदस्य–सचिव सिलवालले १ वर्षमा हिसाब सार्वजनिक गरेका हुन्।

साग आयोजना गर्दा आम्दानी र खर्च बराबर भएको सदस्य–सचिव सिलवालले बताए। काठमाडौं, पोखरा र जनकपुर गरी तीन स्थानमा भएको प्रतियोगितामा काठमाडौँ सचिवालयका लागि ६ करोड ७४ लाख ५६ हजार ४ सय ७९ रुपैयाँ ५ पैसा खर्च भएको जनाइएको छ। यस्तै पोखराका लागि ७ करोड ६२ लाख ९८ हजार २ सय २४ र जनकपुरका लागि ८० लाख ३७ हजार २ सय १२ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

राखेपका अनुसार उक्त खेलकुद प्रतियोगिता आयोजनाका लागि नेपाल सरकारले १ अर्ब २३ करोड १८ लाख ४८ हजार रुपैयाँ दिएको थियो। टिकट बिक्रीबाट २ करोड ६७ लाख ११ हजार ६ सय ७५ रुपैयाँ, विज्ञापनबाट २० लाख ९९ हजार १ सय ५० रुपैयाँ र सहभागी राष्ट्रहरुबाट ११ करोड २१ लाख ३५ हजार ५ सय ९८ रुपैयाँ प्राप्त भएको थियो।

उक्त आम्दानीको तुलनामा खर्चअनुसार संलग्न विवरण बमोजिम १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ, बैंक मौज्दात ३ करोड ५५ लाख ७१ हजार १ सय ३७ रुपैयाँ खर्च भएको छ। त्यस्तै, १ करोड ९३ लाख ८० हजार २ सय २४ रुपैयाँ फ्रिज भएको विवरणमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको