३१ जेष्ठ २०७८, सोमबार

नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओली गएनन् !



१७ मंसिर, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली नै गएनन् ।

प्रधानमन्त्री ओलीकै सहजताका लागि सचिवालय बैठक उनकै सरकारी निवास बालुवाटारमा बोलाइएको थियो । तर अध्यक्ष ओली नै अनुपस्थित भएपछि केहीबेर बसेर २० गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

उनका अनुसार बैठकले पार्टीमा देखा परेको संकट र विद्यमान समस्या समस्याका लागि प्रधानमन्त्रीको उपस्थितिमा छलफल गर्नु आवश्यक र उपयुक्त हुने निष्कर्ष निकालेको छ ।

साथै आगामी बैठकमा ओलीको अनिवार्य उपस्थितको अपेक्षासहित बैठकमा आउन अनुरोध गर्ने निर्णय समेत गरेको उनले जानकारी दिए ।

यससँगै भोलीका लागि तय भएको स्थायी कमिटी बैठक पनि प्रभावित भएको छ । स्थायी कमिटी मंसिर २१ गते बस्ने गरी सारिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु