३ आश्विन २०८०, बुधबार

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल गिरफ्तार



१७ मंसिर, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गिरफ्तार गरेको छ । गृहजिल्ला तनहुँमा पुगेका पौडेललाई त्यहाँ भएको प्रदर्शनका क्रममा प्रहरीले गिरफ्तार गरेको हो ।

व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उद्घाटन गर्ने विषयमा भएको विवादका क्रममा भएको प्रदर्शनमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ ।

‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु । साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस्, पौडेलले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

पुल उद्घाटनमा विवाद हुँदा कांग्रेस र युवासंघबीच विवाद भएपछि सम्भावित झडप रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा गरेको छ । बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाई निषेधाज्ञा लगाइएको छ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको