२० श्रावण २०७८, बुधबार

त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा पठनपाठन सुरू हुने



१६ मंसिर, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पस, विभाग र स्कुलहरूमा नियमित अध्ययन अध्यापन हुने भएको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको पढाइलाई निरन्तरता दिने निर्णय गरेको रेक्टर प्रा.डा. शिवलाल भुसालले जानकारी दिए ।

‘प्रा.डा. भुसालका अनुसार स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि आवश्यक पूर्व तयारी र सतर्कता अवलम्वन गर्दै सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने निर्णय भएको छ र कोरोनाबाट जोगिँदै पढाइलाई निरन्तरता दिन खोजिएको हो।

भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्नुपर्ने आवश्यता अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर पढाइ सञ्चालन गर्न लागेको उनले जानकारी दिए । यद्यपि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सम्भव नभए अन्य वैकल्पिक विधिको प्रयोग गर्न सकिने त्रिविद्वारा जारी सूचनामा उल्लेख छ ।

त्रिविले पूर्व तयारी र सतर्कता अपनाउँदै परीक्षाहरू पनि भौतिक रूपमै सञ्चालन गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु