१७ आश्विन २०८०, बुधबार

महासचिव पौडेलको जन्मदिनमा केक काट्दै नेकपाको सचिवालय बैठक सुरु



१६ मंसिर, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक महासचिव विष्णुप्रसाद पौडेललाई जन्मदिनको शुभकामना दिंदै बालुवाटारमा सुरू भएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वरिष्ठ नेता लगायत सचिवालयका सदस्यहरू केक खुवाएर महासचिवलाई जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना दिएका छन् ।

सर्वाधिक चासोका साथ हेरिएको आजको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड र अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले पेश गरेका दुई वटै प्रतिवदेनहरू माथि छलफल गरिने कार्ययोजना रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको