२१ जेष्ठ २०८०, आईतवार

‘जल्लीकट्टु’ अस्करमा छानिँदा बलिउडकर्मीमाथि कंगना किन आक्रोशित ?



१३ मंसिर, काठमाडौँ । मलयालम चलचित्र ‘जल्लीकट्टु’ ९३ औं एकेडमी अस्कर अवार्डका लागि भारतबाट छानिएको छ । यो चलचित्रले अस्करको बाटो पछ्याइरहँदा अभिनेत्री कंगना रनावतले भने बलिउडका चलचित्रकर्मीमाथि आक्रोश व्यक्त गरेकी छिन् ।

कंगनाले, भारतीय चलचित्र उद्योग बलिउडकर्मीका परिवारका लागि मात्र नभएको पनि उल्लेख गरेकी छिन् । कंगनाले लेखेकी छिन्–‘भारतीय चलचित्र उद्योग परिवारवादका लागि मात्र होइन । चलचित्र माफिया समुह घरमा लुकेर बस् र जुरीलाई आफ्नो काम गर्न देऊ ।’

फिल्म फेडरेशन अफ इन्डियाको १४ जनाको टिमले लिजो जोस पेलीसरीको निर्देशनमा तयार पारिएको फिल्म ‘जल्लीकट्टु’लाई अस्कर अवार्डका लागि छानिएको हो । यो चलचित्रले उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको विधामा अस्कारका लागि भारतको प्रतिनिधित्व गर्नेछ । सन् २०२१ को अप्रिल २५ मा यो अस्कार अवार्ड आयोजना हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको