१० आश्विन २०७८, आईतवार

सस्ता गीतहरूको बाढीमा सत्य-स्वरुपको क्लास र मास समेट्ने गजल ‘मैसाब’ (भिडियो)



१२ मंसिर, काठमाडौं । सर्वप्रिय गायक संगितकार सत्य–स्वरुपराज आचार्यको महत्वकांक्षि गजल ‘मैसाब’ सार्वजनिक भएको छ । ‘मैसाब’ एल्बमको शिर्ष गजलको भिडियो बिहिबार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।

अमृत खतिवडा ‘भान्जाभाई’ र सत्य–स्वरुपले लेखेका ओजस्वी शब्दलाई सत्य–स्वरुपले नै संगित भरेका हुन् । हरेक विधाका गीतलाई उत्तिकै न्यायपूर्वक संगीत संयोजन गर्नसक्ने उदयराज पौडेलको संगीत संयोजनले गजलको भाव थप खुलेको छ ।

नेपाली गीत संगितमा स्तरीय गीतहरू पस्कने सवालमा सत्य–स्वरुपराज आचार्यको नाम अग्रस्थानमै आउछ । शब्द, संगीत र संगित संयोजनको बडो गज्जवको तालमेलमा निखारिएको गायकीले प्रत्येक शब्द अर्थपूर्ण बनेका छन् ।

रारापाटीसँग कुरा गर्दै सत्य–स्वरुपले क्लास र मास दुबैलाई समेट्ने गरी ‘मैसाब’ तयार पारिएको बताए । सत्यराजले भने, ‘गजलको सन्दर्भमा आएका प्रतिक्रियाहरूले उत्साहित र खुशी छौं । कानमा मात्र बस्ने गीतहरूको माहोलमा मैसाबले कान र मन दुबै छोएको प्रतिक्रिया दिनुभएको छ ।’ स्वरुपराज आचार्यका अनुसार नेपाली गीत गजलमा प्रयोगमा नआएका कतिपय शब्दहरू मैसाबमा प्रयोग गरिएको छ ।

‘मैसाव’को भूमिकामा छुकिला शेर्पा र ‘राजकुमार’को भूमिकामा लोकप्रीय युवा अभिनेता पल शाहको अभिनय हेर्न सकिन्छ । सुदिप बरालको छायाँकन, अर्जुन जिसीको सम्पादन रहेको भिडियोको कोरियोग्राफी र निर्देशन कविराज गहतराजले गरेका हुन् ।

भिडियो हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको