कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. सर्वराज खड्का नियुक्त
१२ मंसिर, काठमाडौं । कर्णाली प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. सर्वराज खड्का नियुक्त भएका छन् । कर्णाली प्रदेश सरकार मन्त्रीपरिषदको ११ गते बिहिबार बसेको बैठकले खड्कालाई आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
कर्णाली प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. पुण्यप्रसाद रेग्मीलाई सरकारले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको उपकुलपतिमा नियुक्त गरेपछि उक्त पद रिक्त थियो ।
दैलेख जिल्ला नारायण नगरपालिका वडा नम्बर ८ निवासी खड्काले यस अघि गैह्र सरकारी संस्था आरआरएनको निर्देशक र समाज कल्याण परिषद्को कार्यकारी निर्देशकको रूपमा समेत काम गरिसकेका छन् ।
यस्तै, सोही बैठकले सेर्खेत जिल्ला लाटीकोइली ९ निवासी झक बहादुर मल्ललाई मुख्यमन्त्रीको समन्वय विज्ञका रूपमा नियुक्त गर्ने निर्णय गरेको छ । नेकपाका केन्द्रीय सदस्य मल्ल नेकपा सुर्खेतका सह–इन्चार्ज हुन् ।