१९ फाल्गुन २०७७, बुधबार

अविनाश र मेलिनाको स्वरमा दोहोरी गीत ‘ओई काली’ सार्वजनिक (भिडियोसहित)



१२ मंसिर, काठमाडौं । युवा गायक तथा संगीतकार अविनाश थापा मगरले पहिलो दोहोरी गीत सार्वजनिक गरेका छन् । थापाले आफ्नै युट्युब च्यानलमा शुक्रबार बिहान गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

माया प्रेममा आधारित गीतमा थापा स्वयम र गायिका मेलिना राईको स्वर छ । गीतको लेखन पनि थापा नै लेखेका हुन् । संगीत संयोजन पवन वांग र ध्वनी सम्पादन डिका गुरुङले गरेका हुन् ।

त्यस्तै गीतको भिडियोमा करिश्मा ढकाल र सन्तोष थापा मगरको अभिनय छ । सुरेश श्रेष्ठको छायाँकन र विष्णु शर्माको सम्पादन रहेको भिडियोको कोरियोग्राफी र निर्देशन प्रकाश भट्टले गरेका हुन् ।

भिडियो हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु