२० जेष्ठ २०८०, शनिबार

गुरू म्याराडोनाको निधनपछि मेस्सीले लेखे ‘भावुक सन्देश’



१० मंसिर, काठमाडौं । सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन सफल विश्वकै उत्कृष्ट फुटबल खेलाडी डियगो म्याराडोनाको आकस्मिक निधनले विश्व फुटबल जगत शोकमा डुबेको छ । यसैबीच अर्जेन्टिनाको प्रतिनिधित्व गर्ने पछिल्लो पुस्ताको विश्वकै सर्वप्रिय फुटबलर लियोनल मेस्सीले म्याराडोनप्रति उच्च सम्मान प्रकट गर्दै सामाजिक सञ्जालमा भावुक सन्देश लेखेका छन् ।

आफ्नो आधिकारीक फेसबुक पेजमा एक सन्देश लेख्दै मेस्सीले सम्पूर्ण अर्जेन्टिनाबासी र फुटबल जगतका लागि अत्यन्तै दुःखद दिन भएको बताएका छन् । उनले लेखका छन्, ‘उहाँले हामीलाई छोड्नुभयो तर छोड्नुहुन्न, किनकी उहाँ अजम्बर हुनुहन्छ ।’

मेस्सीले म्याराडोनासँगका सबै प्यारा क्षणहरू सधै सम्झिरहने उल्लेख गरेका छन् । उनले म्याराडोनाका सम्पूर्ण परिवार र शुभचिन्तकहरूप्रति समवेदना प्रकट गर्दै लेखका छन्, ‘आत्माले शान्ति पाओस्’ ।

दुई हप्ताअघि म्याराडोनाको मष्तिस्कको शल्यक्रिया पछि पनि मेस्सीले उनको स्वास्थ्य लाभको कामना गर्दै मेस्सीले लेखेका थिए, ‘म र मेरो परिवार हजुर जतिसक्दो छिटो निको भएको देख्न चाहान्छौ, मुटभित्रको अङ्गालो’ ।

म्याराडोनाको निधनले दुनियाँमा सबैभन्दा बढि दुःखि हुनेमध्येका एक मेस्सी पनि हुनसक्छन् । उनी म्याराडोनालाई आफ्नो प्रेरणाको स्रोत मान्थे । त्यसमाथि म्याराडोना अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक हुँदा उनकै प्रशिक्षणमा मेस्सीले विश्वकप पनि खेलेका थिए । जानकारहरूका अनुसार म्याराडोनाले पनि मेस्सीलाई एकदमै माया गर्थे ।

यो पनि पढ्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको