१८ फाल्गुन २०७७, मंगलवार

हृदयघातका कारण विश्वविख्यात फुटबलर म्याराडोनाको निधन



१० मंसिर, काठमाडौं । विश्वविख्यात अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । हृदयघातका कारण बुधबार ६० वर्षीय म्याराडोनाको निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मंगलबार अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा मस्तिष्कको सफल शल्यक्रिया पछि म्याराडोना एक साता अस्पतालमै रहेर आराम गरेका थिए ।

विश्वकै सर्वश्रेष्ठ फुटबलरहरू मध्येका एक म्याराडोनाले सन् १९८६ मा एकल प्रयासमा गरेको गोलले विश्वकपको उपाधि दिलाएका थिए । अर्जेन्टिनी टोली जिम्नासिया ला प्लाटाको प्रशिक्षकका रुपमा रहेका उनले ३० अक्टोवरमा प्यात्रोनाटोविरुद्धको खेलमा ३–० को जित दिलाएका थिए ।

यसअघि कोरोना भाइरसको कारण म्याराडोना होम आइसोलेसनमा रहेका थिए । उनको सरक्षागार्डलाई कोरोना देखिएपछि उनी सेल्फ आइसोलेसनमा बसेको बताइएको थियो । म्याराडोनाले आफ्नो ६० औं जन्मदिन समेत आइसोलेसनमा मनाएका थिए ।

(स्रोत : एजेन्सिको सहयागमा)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु