११ मंसिर २०७८, शनिबार

काँडा माने डाँडा


प्रा.डा. जीवेन्द्रदेव गिरी
१० मंसिर २०७७, बुधबार

तपाईंहरूले बयर, गुलाब, बेल, मैनफल आदिको काँडा देख्नु भएको होला । मिस्री काँढा श्र काँडा वा अरू आयुर्वेदिक काँडाको झोल पनि पिउनु भएको होला । काँडा माने डाँडा पनि हो भन्ने थाह पाउनु भएको छ त ? अलि अलि थाह पक्कै होला । डाँडाकाँडामा काँडा डाँडासँगै रहेको त पक्कै देख्नु भएको छ । यो चामलसामल जस्तै द्वित्वको करामतबाट बनेको हो कि भन्ने ठान्नु भएको होला । त्यस्तो सोच्नु भएको छ भने तपाईंको सोचाइ अधुरै छ । त्यसैले यसको थप नालीबेली पहिल्याउन आवश्यक हुन्छ । त्यसका निम्ति म तपाईंहरुलाई सुर्खेततिर लैजान्छु । म त्यहीँ जन्मेहुर्केकाले मेरा पछि पछि लाग्नोस् है त ।

लामो पैदल यात्रापछि डुङ्गा चढेर अथवा चिन्डाका जहाज वा छाल्या पहिरेर सुर्खेतको पश्चिम उत्तरको कर्नाली र पूर्व दक्षिणको भेरी नदी तरेर त्यहाँ पुगिन्थ्यो । जहाज र छाल्या भनेका के हुन् भन्नु होला ? ती चिन्डा भनिने सुकेका लौका डोरीमा लस्करै गाँसी जिउमा बेरेर नदी तर्न बनाइएका साधन हुन् ।

पहिले पहिले भए सुर्खेत पुग्न गारो पथ्र्यो । लामो पैदल यात्रापछि डुङ्गा चढेर अथवा चिन्डाका जहाज वा छाल्या पहिरेर सुर्खेतको पश्चिम उत्तरको कर्नाली र पूर्व दक्षिणको भेरी नदी तरेर त्यहाँ पुगिन्थ्यो । जहाज र छाल्या भनेका के हुन् भन्नु होला ? ती चिन्डा भनिने सुकेका लौका डोरीमा लस्करै गाँसी जिउमा बेरेर नदी तर्न बनाइएका साधन हुन् । सँगसँगै विकट पहाडको यात्रा पनि गर्नु पथ्र्यो । अहिले त सजिलै छ । चिलगाडीमा उडेर, गाडीमा गुडेर अझ सक्नेले त भटभटेमै हुइँकिएर त्यहाँ पुग्न सक्छन् । कर्नाली प्रदेशको राजधानी नै त्यहाँ छ । त्यसैले तपाईंहरु मसँग त्यहाँ पुग्न राजी हुनुहुन्छ होला भन्ने म ठान्छु । बुढापाकाहरुले आफू नमरी स्वर्ग देखिन्न भनेको त सुन्नु भएकै होला । मैले त्यसै त्यता जाऔँ भनेको होइन । अलिकति भए पनि तपाईंको ज्ञानको भोक मेटियोस् भनेर न हो ।

सुर्खेत उपत्यका पुगेर उत्तरतिर आँखा लगाउनु भयो भने त्यहाँ काँडैकाँडा छन् । तिनलाई गोठीकाँडा, मल्लाकाँडा, बयलकाँडा, राम्रीकाँडा र फिनीकाँडा भन्छन् । ती सबैको सामूहिक नाम काँडाघरी हो । यी काँडा र फाँटका बिचमा अन्तरकाँडा पनि थियो । अहिले त्यसलाई वनले ढाकिसकेको छ । उपत्यकालाई यहाँ फाँट भनिन्छ ।

अब म काँडा माने डाँडातिरै लाग्छु । सुर्खेत उपत्यका पुगेर उत्तरतिर आँखा लगाउनु भयो भने त्यहाँ काँडैकाँडा छन् । तिनलाई गोठीकाँडा, मल्लाकाँडा, बयलकाँडा, राम्रीकाँडा र फिनीकाँडा भन्छन् । ती सबैको सामूहिक नाम काँडाघरी हो । यी काँडा र फाँटका बिचमा अन्तरकाँडा पनि थियो । अहिले त्यसलाई वनले ढाकिसकेको छ । उपत्यकालाई यहाँ फाँट भनिन्छ । उहिले हामी सबै आठ महिना काँडाघरी र चार महिना फाँटमा बस्थ्यौँ । चैतको महिना उकालो लागेर काँडाघरी पुग्थ्यौँ भने मङ्सिरको महिना ओरालो झरेर फाँटमा आउँथ्यौँ । फाँटका औलाले भेट्छ भनेर काँडाघरीका बासिन्दाहरु गर्मीबर्खामा दक्षिण पानीढलतिर दिसा बस्न आउन पनि डराउँथे । फाँटमा बारै महिना त राजी र थारुहरु मात्र बस्थे । उनीहरुलाई औलाले छुँदैन भनिन्थ्यो ।

गोठीकाँडाले त जिल्लाका सदरमुकामका रूपमा पनि लामै समय हैकम कायम गर्यो । गोठको स्नेहार्थी रूप गोठीसँग काँडा जोडिएर गोठीकाँडा बनेको देखिन्छ । मल्लाकाँडाको मल्ला भनेको माथिल्लो हो । त्यहाँ डडेल्धुरातिरबाट बसाइ आउनेहरूको बस्ती भएकाले त्यसलाई मल्लाकाँडा भनिएको हुनु पर्छ । बयलकाँडाको बयलले गतिशील वायुको अर्थ वहन गरेको अनुमान गर्न सकिन्छ । गोठबाट गोठी जस्तै राम्रोबाट राम्री भई काँडा गाँसिँदा राम्रीकाँडा बनेको अनुमान गर्न गारो छैन । फिनीकाँडामा पनि फिनी रोटीको फिनी वा फिनिनी घुमेको डाँडाको अर्थ ध्वनित हुन्छ ।

जे होस् काँडाले डाँडा बुझाउने भएकाले नै विभिन्न डाँडाका बस्तीहरू काँडा कहलाएका रहेछन् । गोठीकाँडाले त जिल्लाका सदरमुकामका रूपमा पनि लामै समय हैकम कायम गर्यो । गोठको स्नेहार्थी रूप गोठीसँग काँडा जोडिएर गोठीकाँडा बनेको देखिन्छ । मल्लाकाँडाको मल्ला भनेको माथिल्लो हो । यो खोलोको खोला झैँ मल्लोको तिर्यक् रूप हो । त्यहाँ डडेल्धुरातिरबाट बसाइ आउनेहरूको बस्ती भएकाले त्यसलाई मल्लाकाँडा भनिएको हुनु पर्छ । उताको बोलीमा माथिल्लोलाई मल्लो भनिन्छ । विद्वान् बालकृष्ण पोखरेलले भने आफ्नो प्रसिद्ध ग्रन्थ “खस जातिको इतिहास” मा यसको सम्बन्ध प्राचीन मल्लपुरीसँग छ भन्नु भएको छ । बयलकाँडाको बयलले गतिशील वायुको अर्थ वहन गरेको अनुमान गर्न सकिन्छ । अहिले पनि बयल शब्द बयालका रूपमा बोल्नेहरू पनि छन् भने बालीका लहलहाउँदा बोटले बयेली खेलेको देख्नेहरू पनि छँदै छौँ । गोठबाट गोठी जस्तै राम्रोबाट राम्री भई काँडा गाँसिँदा राम्रीकाँडा बनेको अनुमान गर्न गारो छैन । फिनीकाँडामा पनि फिनी रोटीको फिनी वा फिनिनी घुमेको डाँडाको अर्थ ध्वनित हुन्छ । दृश्यावलोकनका लागि यी काँडा लोभलाग्दा छन् । यहाँबाट दक्षिणको सुर्खेत फाँट तथा उत्तरको सोतखोलाको सेरोफेरोको दृश्य ज्यादै राम्रो देखिन्छ । राम्रीकाँडाबाट कर्नाली नदीका नागवेली घुम्ती र बयलकाँडा गडीबाट रातमा तराईमा रहेको नेपालगन्जमा बत्ती बलेको हेर्न पाइन्छ ।

जे होस्, यी काँडाका बस्तीहरु डाँडामा छन् जहाँ हामी रमाई रमाई करेली काँडाका कलिला डुख्ला चपाउँथ्यौँ, करेसाका कालीकुइँया र गाँडे काफल (स्ट्राबरी)को स्वाद लिन्थ्यौँ । कहिले कहीँ काफलका बोटमा चढेर करह (नपाकेको) काफलका अमिलै दाना टोक्थ्यौँ र कहिले मेहेलका बुटा चहार्दै ओठ काला पार्ने गरी फल खान्थ्यौँ । यी काँडामा पाइने ऐँसेलु चोत्राका बुटा चहार्नु, बोरेलीका फूल टिपेर वा जिब्रेको साग बटुलेर सागपात जुटाई अभिभावकलाई खुसी पार्नु पनि हाम्रो काम हुन्थ्यो । किसानहरु बर्खे खेती गर्न भालेका डाकामा फाँटमा झर्थे र काम सकेर स्याँ स्याँ गर्दै रातमा काँडाघरी पुग्थे । यिनका कुरा किन झिक्यो नभन्नु होला । काँडा वा डाँडाका विशेषता जनाउन यी कुरा गरेको हुँ ।

चैतमा काँडाघरी लैजाने चामल कुटाइले ढिकी बजेको आबाज जताततै सुनिन्थ्यो । यसरी नै तेलका निम्ति कोलहरु कुइँकि रहेका हुन्थे । बयरका झाडी कति धेरै थिए भने बोट ठटाएर सुप्पा (नाङ्ला)मा पाकेका बयर बटुलिन्थ्यो । खाने कुराहरु बोकेर चैतको महिना काँडाघरी पुग्ने चटारो हुन्थ्यो ।

हिउँदमा काँडाघरीमा चिसो हुने र खेती स्याहार्नु पर्ने भएकाले फाँटमा झरिन्थ्यो । त्यहाँको बसाइ पनि रमाइलो हुन्थ्यो । खेतमा धान पहेँलपुर हुन्थ्यो भने डिही (बारी)मा तोरी पहेँलै भएर माहुरीहरुलाई रस चुसाइ रहेको देखिन्थ्यो । नारा (खोला)का रह चहारेर पौडी खेल्नु, कुरमा हात घुसार्दै माछा मार्नु, केराउ र चनाका कोसा बटुल्दै हुर्केलो हालेर खानु, क्या मजा हुन्थ्यो फाँटमा ! चैतमा काँडाघरी लैजाने चामल कुटाइले ढिकी बजेको आबाज जताततै सुनिन्थ्यो । यसरी नै तेलका निम्ति कोलहरु कुइँकि रहेका हुन्थे । बयरका झाडी कति धेरै थिए भने बोट ठटाएर सुप्पा (नाङ्ला)मा पाकेका बयर बटुलिन्थ्यो । खाने कुराहरु बोकेर चैतको महिना काँडाघरी पुग्ने चटारो हुन्थ्यो । फाँटमा गर्मीले पोल्ने मात्र नभई औलाले ज्यान लिने हुँदा त्यहाँको बसाइ अस्थायी खालको हुन्थ्यो । घरहरू पनि फाँटमा कच्चा किसिमका र काँडाघरीमा पक्का किसिमका हुन्थे । यी कुरा पनि मैले फाँटका विशेषता काँडाका भन्दा बेग्लै छन् भन्ने देखाउन नै गरेको हुँ ।

अहिले के मात्र शङ्का गर्ने ठाउँ छ भने सदरमुकाम र त्यस नजिकका काँडालाई बढी स्नेह खन्याइनु र अलि परको काँडालाई उपेक्षा गरिनुले यसो गरिएको होला कि ? सुर्खेत उपत्यकाको पश्चिम उत्तरमा रहेको पोखरीकाँडा, दक्षिण पश्चिममा रहेको गाइने काँडा, ठ्याक्कै दक्षिणमा रहेको मन्नम काँडा र पूर्व उत्तरमा रहेको लालीकाँडा पनि काँडाका थप साक्ष्यका रूपमा रहेका छन् ।

काँडा नाम सुर्खेत फाँटका उत्तरका डाँडाले मात्र पाएका होइनन् दक्षिणको सक्ते काँडाले पनि पाएको छ । उत्तरका काँडाले गोठी, राम्रीमा जस्ता इकारका फुँदा पाउनु र दक्षिणका काँडाले सक्तेमा जस्तो एकारको फुँदा पाउनुमा के रहस्य छ, त्यो त अध्ययन गर्दै जाऔँला । अहिले के मात्र शङ्का गर्ने ठाउँ छ भने सदरमुकाम र त्यस नजिकका काँडालाई बढी स्नेह खन्याइनु र अलि परको काँडालाई उपेक्षा गरिनुले यसो गरिएको होला कि ? सुर्खेत उपत्यकाको पश्चिम उत्तरमा रहेको पोखरीकाँडा, दक्षिण पश्चिममा रहेको गाइने काँडा, ठ्याक्कै दक्षिणमा रहेको मन्नम काँडा र पूर्व उत्तरमा रहेको लालीकाँडा पनि काँडाका थप साक्ष्यका रूपमा रहेका छन् ।

काँडाको माने डाँडा हो भन्ने कुरा गर्दा गर्दै सुर्खेत उपत्यकाको फाँट र त्यस वरपरका काँडाबारे त मैले केही कुरा गरेँ । यसलाई पुष्टि गर्ने अरू एक दुई कुरा पनि थप्नु बेसै होला । काँडा अगाडि राखेर एक्लै पनि यस शब्दको प्रयोग सुर्खेतमै पाइन्छ । यहाँ काँरा सिम्ता, काँडा सुर्मा र काँडा घुवानी जस्ता गाउँहरु छन् । सिम्तामा दुई वटा स्वरका बिचको ड ध्वनि र मा बदलिने हुँदा काँरा बनेको कुरा मननीय छ । यहाँ उल्लिखित काँडा र काँरा डाँडामा वा उँचो स्थानमा रहेकैले काँडा कहलाएका हुन् भन्ने कुरामा कुनै दुबिधा छैन । अझ काँडा सुर्मा डाँडामा हुनु र औल सुर्मा भेरी किनारका बेसीमा हुनुले त यही कुरा छर्लङ्गिन्छ ।

माथिको बयानले काँडा माने डाँडा हो र डाँडाकाँडाको काँडा डाँडाकै अर्थमा वा पर्यायवाचीका रूपमा प्रयोग भएको हो भन्ने जनाउँछ । एउटै अर्थका दुई अलग अलग शब्द नेपालीमा सँगसँगै प्रयोग हुने परम्पराले हो कि क्यापटोपी जस्ता शब्दहरू पनि नेपाली भाषामा बग्रेल्ती प्रचलनमा आएका छन् ।

(प्रा.डा. गिरी नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य-सचिव तथा प्रगतिशील लेखक संघका अध्यक्ष हुन् ।)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको