ग्लोबल आइएमई बैंकका सुरक्षागार्डमाथि खुकुरी प्रहार गर्ने युवक पक्राउ
१० मंसिर, काठमाडौं । नयाँ बानेश्वरको ग्लोबल आइएमई बैंकका सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
नयाँ बानेश्वरस्थित थापागाउँबाट ३१ वर्षीय शशी थापालाई बुधबार पक्राउ गरिएको महानगरी प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
नयाँ बानेश्वर वडा नम्बर ३१ थापागाउँमा बस्ने शशी गत असोज २९ गते सुरक्षागार्ड रुद्रबहादुर मगरलाई खुकुरी प्रहार गरी फरार भएका थिए ।
खुकुरी प्रहारबाट गम्भीर घाइते सरक्षागार्ड मगर अहिले पनि उपचारका क्रममै छन् । घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।