६ माघ २०७७, मंगलवार

भिरबाट खसेर १९ वर्षीय राउटे युवकको मृत्यु



१० मंसिर, सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नम्बर २ स्थित ढाँडखेत नजिकको भिरबाट लडेर एक राउटे युवकको मृत्यु भएको छ । मंसिर ८ गते भिरबाट खसेका १९ वर्षीय युवक टेक शाहीको सोही राति मृत्यु भएको जिल्ला जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनको सोमबार राति मृत्यु भएपनि प्रहरीमा खबर भने ढिलो आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फिरन्ते जीवन बिताउँदै आएको एकमात्र लोपोन्मुख राउटे समुदायमा १४५ जना सदस्य थिए । सोमबार एक युवकको मृत्यु भएपछि अब राउटे समुदायमा १४४ जना सदस्य बाँकी छन् ।

हाल उनीहरू कर्णाली प्रदेश राजधानी सुर्खेतको चिङ्गाड गाउँपालिकास्थित ढाँडखेतमा बस्दै आएका छन् । जङ्गलमा गुना, बाँदरलगायतका जनावरहरूको शिकार गर्ने र काठका भाँडाहरू बनाएर जिविका चलाउने राउटे समुदायको अस्तित्व सङ्कटमा पर्दै गएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु