अम्बिका गुरुङ्गको शब्दमा कृष्ण र रचनाले गाए ‘चाखुम–चाखुम’(भिडियोसहित)
९ मंसिर, काठमाडौं । अमेरिकामा रहेर पनि नेपाली गीत संगितमा निरन्तर संक्रिय गीतकार अम्बिका गुरूङ्गको ‘चाखुम–चाखुम’ बोलको गीत सार्वजनिक भएको छ । युवा गायक कृष्ण काफ्ले र रचना रिमालको युगल गायनमा रहेको गीतको भिडियो शुक्रबार भावसागर इन्टरटेन्मेन्टबाट सार्वजनिक गरिएको हो ।
गीतमा अर्जुन पोख्रेलको संगीत र पुरुषोत्तम सुबेदीको संगीत संयोजन रहेको छ । ए प्लस स्टुडियोमा रेकर्ड गरिएको गीतको ध्वनी सम्पादन साजन शाहले गरेका हुन् ।
कार्टुन क्र्युका चर्चित जोडी सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्यसहितको अभिनयले गीतको भाव थप खुलेको छ । व्यावसायीक धारलाई समाते पनि लोकशैलीको यो गीत शब्द, संगीत र गायकीका दृष्टिले स्तरीय बनेको छ ।
सौरभ लामाको छायाँकन र विकास दाहालको सम्पादन रहेको गीतको भिडियो निर्देशन रामजी लामिछानेले गरेका हुन् ।
भिडियो हेर्नुहोस् :