२४ घण्टामा २४ को मृत्यु : १७९० जनामा कोरोना पुष्टि, २७९१ डिस्चार्ज
३० कार्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७ सय ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्गलबार उल्लिखित संख्यामा भाइरस सङ्क्रमण पुष्टि भएको जानकारी दिएको हो ।
आज थपिएकासहित नेपालमा हालसम्म कोरोना सङ्क्रमित हुनेको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।
देशका विभिन्न अस्पतालमा उपचाररत २७ सय ९१ जना भाइरस सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या २ लाख ४ हजार ८ सय पुगेको छ ।
त्यस्तै कोरोनाका कारण आज २४ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या १३ सय ६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।