१० आश्विन २०७८, आईतवार

६ वर्षीया बालिका हत्या आरोपितको घरमा स्थानीयले गरे आगजनी



९ मंसिर, काठमाडौं । ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुण कुमार साहको घरमा स्थानीयवासीले आगजनी गरेका छन् । महोत्तरीको बर्दिवास नगरपालिका १४ की ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या अरोपमा पक्राउ परेका साहको बर्दिवास नगरपालिका १४ स्थित घरमा स्थानीयवासीले तोडफोड गर्दै आगजनी गरेका हुन् ।

बालिका हत्याको विरोध गर्दै नाराबाजीसहित स्थानीयले महोत्तरीको बर्दिबास नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । घटनास्थलको अवस्था साम्य पार्न प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

बर्दिवास नगरपालिका–१४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुन आइतबार साँझदेखि बेपत्ता भएकी थिइन् । उनको शव बोरामा पोको पारेको अवस्थामा सोमबार साँझ घर नजिकै फेला परेको थियो ।

बर्दिवासमा किराना पसल सन्चालन गर्दै आएका अरुण कुमार साहले बालिकाको हत्या आफूले गरेको बताएका थिए । त्यसको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बर्दिवासले उनलाई पक्राउ गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको