१० आश्विन २०७८, आईतवार

कोरोना सङ्क्रमणबाट ३३ वर्षीय प्रहरी इन्स्पेक्टरको मृत्यु



९ मंसिर, काठमाडौं । कोरोना सङ्क्रमणका कारण ३३ वर्षीय सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नम्बर ३ गण हेडक्वाटर कंकालिनीमा कार्यरत इन्स्पेक्टर नवीन बुढाथोकीको विराट मेडिकल कलेज मोरङमा उपचारका क्रममा मृत्यु भएको हो ।

ब्याडमिन्टन खेल्दाखेल्दै एक्कासी श्वासप्रश्वासमा समस्या देखीए पछि २६ कात्तिकमा उनलाई विराट अस्पतालमा भर्ना गरिएको थियो । २७ गते रिपोर्ट पोजेटिभ आएपछि आइसोलशनमा उपचाररत उनको गएराति ११ बजेतिर मृत्यु भएको विराट मेडिकलका आइसोलेसन प्रमुख सुनिल देवले बताए ।

स्वास्थ्य अवस्थामा सुधार नआएपछि प्रहरी निरीक्षक बुढाथोकीको भेन्टिलेटरमा उपचार भइरहेको थियो । उनलाई दुई पटक प्लाज्मा थेरापी र १० पटकसम्म रेम्डिसिभिर औषधि प्रयोग गरेर उपचार गरिएको थियो ।

तेह्रथुमको म्याङ्लुङ् स्थायी ठेगाना भएका बुढाथोकीको स्वास्थ्यमा कुनै दीर्घकालीन स्वास्थ्य समस्या थिएन ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको