५ आश्विन २०७८, मंगलवार

म, राउटे र लोपोन्मुख जाति


सत्यदेवी खड्का
९ मंसिर २०७७, मंगलवार

संसारमा मानव उत्पत्ति कसरी भयो र कसले ग¥यो भन्ने कुरालाई मैले थाह पाउन सक्दिन तर मेरो आफ्नो जीवनमा परेको, गरेको र भोगेको भोगाइलाई बोलेर मात्र होइन लेखेर कलम र कागजमा पोख्न चाहन्छु ।

मेरो जन्म २०२५ साल दैलेख जिल्लाको कट्टी गाउँ विकास समितिमा भएको हो । मेरा बाबु–आमा राणा शासन कालका जिम्मुवाल नौलसिंह खड्काका साहिला छोरा र बुहारीको रूपमा थिए । पछि गएर उक्त जिम्मुवालले भागवण्डा लगाउने क्रममा गाई गोरु बाँध्ने गोठ वा आटि भाग पर्यो । त्यसैले आटी घरका साइला र साइलीका नामले सबै गाउँघरले चिन्छन् । म उनै आटी घर साइँला सर्वजित खड्का र कृष्णादेवी खड्काको कोखबाट जन्मिएकी हुँ । तिन दिदी र एक बहिनी सहित एक भाइका धनी म काइँली छोरीको रूपमा जन्मिएकी थिएँ । जेठी दिदी भन्दा पहिला पाँच दाईहरूको मृत्यु पश्चात् मेरी आमाले चार छोरीको जन्म दिनु भएको थियो । मभन्दा पछि भाइको जन्म भएको थियो । रूढीवादी र सामन्ती संस्कारले जेलिएको हाम्रो समाजले मेरी आमालाई हेला गर्नसम्म गरेको थियो । मेरा बाबा त्यस्तो कुसंस्कारी ठाउँमा जन्मेर पनि एकदमै प्रगतिशिल हुनुहुन्थ्यो । मेरी आमालाई असाध्यै माया गर्नु हुन्थ्यो । मध्यम खालको परिवार जग्गा जमिन प्रशस्त भएका कारण खानाको समस्या थिएन । बाजेको पालादेखि नै अलैँची खेतीको चलन भएकाले हाट गएर अलैँची व्यापार गरी पैसा कमाई गर्ने भएकाले एकसरो कपडाको समस्या परेन ।

बुबाले मलाई स्कुलमा नाम लेखाई दिँदा आफ्नो गाउँ छिमेकीमा आलोचित हुनु परेको थियो । कहिले समाजको धारामा पानी खान नदिने र कहिले हेलाको दृष्टीले गाली गलौज गर्ने गर्दथे । गाउँलेले छोरी स्कुल पढ्न पठायो, अब त्यो काम लाग्दिन भन्थे । म स्कुल पढ्न जाँदा पनि जिम्मुवालको आटिघरे साइँला अब काम लाग्दैन मात्र भन्ने गरेको सुन्थे ।

२०३५ सालमा मेरो बुवाले स्कुल पढ्ने मौका दिँदै नाम लेखाई दिनु भयो । बुबाले मलाई स्कुलमा नाम लेखाई दिँदा आफ्नो गाउँ छिमेकीमा आलोचित हुनु परेको थियो । कहिले समाजको धारामा पानी खान नदिने र कहिले हेलाको दृष्टीले गाली गलौज गर्ने गर्दथे । गाउँलेले छोरी स्कुल पढ्न पठायो, अब त्यो काम लाग्दिन भन्थे । म स्कुल पढ्न जाँदा पनि जिम्मुवालको आटिघरे साइँला अब काम लाग्दैन मात्र भन्ने गरेको सुन्थे । तर मेरो बुबाले कहिले पनि त्यस्तो कुरालाई वेवास्ता गरी मेरो प्रगतिलाई अगाडि बढाउनु भयो । गाउँमा स्कुल मात्र तीन कक्षासम्म थियो । ४ कक्षाबाट कहिले मामाको घरमा त कहिले फुपुको घर बसेर पढ्ने मौका पाएँ । कक्षा ४ मामाको घर लाकुरी गाउँ पञ्चायतको सेर्माकोटमा पढेकी थिए भने ५ र ६ कक्षा पगनाथ गाउँ पञ्चायतको पगनाथ निमाविमा पढ्ने मौका पाएँ । यस्तै प्रकारले कक्षा ७ जगनाथ गाउँ पञ्चायतको डौरी मनघरबाट अध्ययनकै क्रममा कक्षा ७ को सर्टिफिकेट बनाएर २०४२ सालमा महिला फिडर छात्रावास मार्फत् दाङ जिल्लाको भरतपुर नगरपालिकाको पद्मोदय पब्लिक माविमा एसएलसीसम्म पढ्ने मौका पाएँ ।

जव मलाई सिसुमा कक्षामा भर्ना गरिएको बेला मेरा बुवा वडा अध्यक्षसम्म भैसक्नु भएको थियो । त्यतिवेला समाजले यति घृणा गरेका थिए भने मलाई दाङ जिल्ला पठाउँदाको बेलामा त्यो समाजले कति अपहेलना ग¥यो होला ? प्रश्न म अरुलाई गर्दिन केवल आफैलाई गर्दछु । सायद म एस.एल.सी परिक्षामा सामेल हुने मेरो गाउँकै पहिला चेली हुँला । त्यसपछि मैले गाउँमा के गरे परिवर्तन गर्न सकिन्छ भनी सोच्न थाले । दाङ जिल्ला दैलेखभन्दा शिक्षा, स्वास्थ्यमा र भौगोलिक अवस्थामा समेत अलि अगाडि थियो । धेरै ठूलो स्कुल थियो । केटी पनि प्रायः कक्षामा २५–३० जना हुन्थे ।

परिवर्तनका कुरा पनि चलिरहेको र विस्तारै राजनीतिले पनि तताएको समय थियो । आफू पनि गाउँ परिवर्तन गर्ने तर्फ लागिसकेको थिएँ र २०४५ सालमा नै मैले अनेरास्ववियूको सदस्यता लिएँ । ममा समाज परिवर्तन गर्ने रूढीवादी प्रथा, जातभात हटाउने भन्ने सोचका कारण अन्तरजातिय कुनै जैंसी बाहुन अधिकारीसँग विवाह गरे । उनी पनि सामाजिक सेवामा लाग्ने उद्देश्य लिएका प्रगतिशील कम्युनिस्ट नै थिए । मैले आफ्ना जन्मदिने बाबुको आज्ञा विपरित भागेर विवाह गरे, यो नै मेरो लागि ठूलो घातको विषय हुन्छ भन्ने मलाई थाह भएन । केवल समाज परिवर्तन मात्र भन्दै हिड्ने भएर यस्तो भएको हुनुपर्छ । जब मैले यस्तो मान्छे रोजे मेरा बुबाले भन्नु भयो, ‘अब छोरीका दिन तलतिर लागे, पाइला बढ्दैनन् किनकी यो ज्वाई भन्ने मान्छेको स्वभाव भने मलाई मन परेको छैन ।’ त्यो कुरा अहिले मेरो मन मुटुमा आयो कि जन्मदिने बाबुले पक्का पनि भविष्यवाणी गर्दा रहेछन ।

राउटेसँग मेरो सामिप्यता

मेरो घर दैलेख जिल्ला कट्टी गाविस जाने क्रममा चुप्रा खोलामा राउटे समुदायसँग मेरो भेट भयो । उनीहरूको दर्दनाक अवस्थालाई देखेर मलाई यी राउटे बालबालिकाहरूलाई औषधी खुवाउने र महिलालाई केही न केही सहयोग गर्ने इच्छा पलाएर आयो । अनि म राउटे समुदायको वकालत गर्दै र उनीहरूलाई केही न केही लिएर समुदायमा पुग्न थाले । २०६६ साल बैशाखमा राउटे समुदायका मुखियाले प्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्ने इच्छा राख्दा मैले एउटा संस्थालाई अनुरोध गरेर सुर्खेत जिल्लाको चिन्गाड खोलाबाट काठमाडौँ ल्याउने प्रयास गरे ।

कुरा २०६३–०६४ सालको हो । मेरो घर दैलेख जिल्ला कट्टी गाविस जाने क्रममा चुप्रा खोलामा राउटे समुदायसँग मेरो भेट भयो । उनीहरूको दर्दनाक अवस्थालाई देखेर मलाई यी राउटे बालबालिकाहरूलाई औषधी खुवाउने र महिलालाई केही न केही सहयोग गर्ने इच्छा पलाएर आयो । अनि म राउटे समुदायको वकालत गर्दै र उनीहरूलाई केही न केही लिएर समुदायमा पुग्न थाले । २०६६ साल बैशाखमा राउटे समुदायका मुखियाले प्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्ने इच्छा राख्दा मैले एउटा संस्थालाई अनुरोध गरेर सुर्खेत जिल्लाको चिन्गाड खोलाबाट काठमाडौँ ल्याउने प्रयास गरे । त्यतिवेला राउटेका कार्यबहाक मुखीया ऐन बहादुर शाही थिए । मुखियाले मलाई राउटे गाडीमा चढ्दैन कि त गाडीको हात र खुट्टा हुनुपर्छ भन्ने माग राखेका थिए ।

अनि मैले गाडीको बारेमा बुझाउँदै र गाडी चढ्न सिकाउदै गर्ने क्रममा वुद्धिजिवी र आदरणीय दाजु प्रा. डा. जीवेन्द्रदेव गिरी र डा. सर्वराज खड्का लगायत तत्कालीन वन सचिव यूवराज भुसाल तथा हरि अधिकारी तथा अधिवक्ता नारायण रेग्मी तथा नन्द अधिकारीको कानुनविद् शिवराज अधिकारी, बम बहादुर के.सी., रामबहादुर बुढा, जयराज भण्डारी, भरतमोहन अधिकारी, निर्मल भट्टराई र अरु विभिन्न विद्वानको सहयोग लिएर मैले राउटे उत्थान प्रतिष्ठान नेपालको स्थापना गरेकी हुँ ।

राउटे उत्थान प्रतिष्ठान २०६८ मा संस्था दर्ता गरेर राउटे समुदायमा विधिवत रूपमा काम गर्दा मैले विभिन्न प्रकारका चुनौती र समस्याको सामना गर्नु परेको थियो । राउटे समुदायमा पहिला काम गर्दा र औषधी गर्दा धेरै प्रकारका समस्या समाधान गर्दै राउटे बस्तीमा पुगेर चेतना जगाउने काम गरेका थियौं । उनीहरूलाई औषधी र शल्यक्रिया बारे प्रत्यक्ष भ्रमण गराई राउटे मुखिया मैन बहादुर शाहीको श्रीमतीलाई दाङ्ग जिल्लाको हापुरेबाट काठमाडौंको हेल्पीङ्ग हेण्ड अस्पताल ल्याई दैनिक १ जनाको ५ हजार भत्ताको समेत व्यवस्था गरी औषधी गराई पठाइएको थियो । राउटे यूवा कृष्ण बहादुर गाडीमा दुर्घटना हुँदा डा. भोलाराम श्रेष्ठको सहयोगमा उपचार गरेर निको बनाई पठाएका थियौं ।

राउटे बस्तीमा काम गर्दाका पिँडा, समस्याहरू

मसँग द्वन्द्वकालमा एउटा विस्तापित परिवारको रूपमा काठमाडौँ आई छोराछोरीको पालन पोषण तथा शिक्षा दिक्षाका लागि गल्लीहरूमा भौतारिदाका कष्ट र पिँडा थिए । त्यसपछि मलाई क्षमता भएका जागिर भएकालाई त यस्तो समस्या पर्छ भने राउटे, कुसुण्डाहरूको अवस्थालाई परिवर्तन नगरे के होला भन्ने लागेर मैले चालेका राउटे समुदायमा काम गर्न पाइला चालेँ । यस कामबाट मेरो आफ्नै परिवारको एकजना सदस्य जसलाई समाजमा श्रीमान भन्ने दर्जा दिइएको हुन्छ उसैबाट अपहेलीत र अमान्य पिँडाको भागेदार हुन थाले । एकातिर राउटे समुदायले विश्वास मात्र होइन आफ्नो सम्पूर्ण जिम्मेवारी दिन्छन् भने अर्कातिर घरको श्रीमान्ले तिनै जातिसँग यौन सम्पर्कको थलो भनेर घोषणा गर्दा पिँडा लेखेर व्याख्या गर्ने ठाउँ रहेन ।

म दैलेखका विकट गाउँबाट १० वर्षे द्वन्द्वकालको अवस्थालाई चिर्न वाध्यताले काठमाडौँमा आई बसेकी थिए । मसँग द्वन्द्वकालमा एउटा विस्तापित परिवारको रूपमा काठमाडौँ आई छोराछोरीको पालन पोषण तथा शिक्षा दिक्षाका लागि गल्लीहरूमा भौतारिदाका कष्ट र पिँडा थिए । त्यसपछि मलाई क्षमता भएका जागिर भएकालाई त यस्तो समस्या पर्छ भने राउटे, कुसुण्डाहरूको अवस्थालाई परिवर्तन नगरे के होला भन्ने लागेर मैले चालेका राउटे समुदायमा काम गर्न पाइला चालेँ । यस कामबाट मेरो आफ्नै परिवारको एकजना सदस्य जसलाई समाजमा श्रीमान भन्ने दर्जा दिइएको हुन्छ उसैबाट अपहेलीत र अमान्य पिँडाको भागेदार हुन थाले । छोराछोरी साना छँदा र मैले एक्लै ती गाली बेइज्जती सुन्दै सहेकी थिए तर बाहिर समाजमा ल्याउन सकिन । अन्ततः संरक्षण गर्ने एउटा संरक्षकद्धारा बेस्याको दर्जा दिएर मेरो बेइज्जत हुन थाल्यो । एकातिर राउटे समुदायले विश्वास मात्र होइन आफ्नो सम्पूर्ण जिम्मेवारी दिन्छन् भने अर्कातिर घरको श्रीमान्ले तिनै जातिसँग यौन सम्पर्कको थलो भनेर घोषणा गर्दा पिँडा लेखेर व्याख्या गर्ने ठाउँ रहेन ।

यस्तै जातिहरूका बारेमा वकालत तथा राज्यसँगको सहजकर्ताको रूपमा यस प्रतिष्ठान मार्फत् काम गर्दै उनीहरूलाई परिवर्तन गरी समाजमा असल मानिस बनाउने मेरो मनको धोको थियो । यसैबीचमा म परिवारिक हिंसा तथा महिला हिंसाको चपेटामा पर्न विवश भएँ । मेरो घरमा साना छोराछोरीलाई शुद्ध प्रेरणा दिई उनीहरूलाई समाजिक संस्कार दिनको लागि सिकाउँदा श्रीमान्बाट नेपाल प्रहरीमा मुद्दा लगाई आफ्नो बेइज्जती समेत खेप्नु पर्यो । तर जतिसुकै बेइज्जत, दुःख र पिँडा दिए पनि म भने मेरो गन्तव्यमा पुगेर नै छाड्नेछु भन्ने दृढ संकल्प लिएर अगि बढि रहेँ । मेरो श्रीमान् भनिने व्यक्तिले मलाई र मैले लक्षित गरिएका समुदायलाई विभिन्न किसिमले अप्ठ्यारो पार्न प्रयास गरे तापनि उनीहरूको अभिभावकत्वको दायित्व पुरा गर्न छाडिन् । विस्तारै जङ्गलमा राउटे मात्र होइन समाजका अन्य व्यक्तिको समेत सहभागितामा काम गर्ने गर्दै आए ।

परिवारमा छोराछोरी सबैले साथ दिए पनि समाज परिवर्तन गर्ने अभियानमा लागेको श्रीमानले अदालतमा नै मुद्दा हालेर सम्बन्ध विच्छेद गर्नेसम्मको अवस्था मैले भोगेकी छु । मेरो तर्फबाट मुद्दा समेत लड्ने, साथ दिने सरकारी, गैर सरकारी व्यक्ति नपाउँदा आत्मग्लानीको हिसाव नै भएन । मैले आफ्नो सासलाई निरन्तरता दिएकी छु ।

म विभिन्न ठाउँमा काम गर्ने क्रममा विभिन्न जिल्ला, गाउँ र वन जङ्गलको क्षेत्रमा रहेका लोपोन्मुख, अल्पसङ्ख्यक समुदायको उत्थानको लागि लागिरहे । आज भोलि त समाजका धेरैभन्दा धेरै निकायका व्यक्तिहरू उक्त स्थानमा रहेका जातिहरूको समुह भएको ठाउँ पुग्ने भएका छन् । तर दुरभाग्यवश मैले आफ्नो लागि सुरुदेखि अहिलेसम्म पिँडा अपमान गाली बेइज्जती र मुद्दा मामिला बाहेक अरु पाउन सकेकी छैन । परिवारमा छोराछोरी सबैले साथ दिए पनि समाज परिवर्तन गर्ने अभियानमा लागेको श्रीमान्ले अदालतमा नै मुद्दा हालेर सम्बन्ध विच्छेद गर्नेसम्मको अवस्था मैले भोगेकी छु । मेरो तर्फबाट मुद्दा समेत लड्ने, साथ दिने सरकारी, गैर सरकारी व्यक्ति नपाउँदा आत्मग्लानीको हिसाव नै भएन । मैले आफ्नो सासलाई निरन्तरता दिएकी छु । कम्तीमा पनि ४ पटकसम्म आत्महत्या गर्ने कोसिस समेत गरे तर पिछडिएका समुदाय तिम्रो म बाहेक कोही छैन भन्दै फर्केर उतै गए । सम्मान र सहानुभुति अहिलेसम्म कतै र कसैबाट पाउन सकेकी छैन तरपनि लागिनै रहे र लागि नै रहनेछु । मैले लिएकोे लक्ष्यलाई विद्वान तथा सम्बन्धित निकायका सम्पूर्ण व्यक्तित्वहरूले साथ दिनुहुनेछ भन्ने आशा गर्दछु ।

खुशीका पलहरू

मानिसलाई जतिसुकै पिडा भएपनि सानो खुशीले सम्पूर्ण पिँडालाई पचाई दिन्छ । रातदिन जङ्गल र तराई पहाडमा गाउँ र शहरमा लोपोन्मुख जातिको मात्र वकालत गर्दै आफ्नो जीवनको महत्वपूर्ण समय दिने गरेको छु । मेरा ४ जना छोराछोरी सबैले पढाईमा त्यत्तिकै ध्यान दिई आफ्नो काम आफै गर्ने साथै मलाई आत्मैदेखि सहयोग गर्दछन् । छोराछोरीको यस खालको व्यवहारले मलाई जीवनको सबैभन्दा खुशी मिलेको छ ।

यसै प्रकार राउटेले औषधी खानु हुँदैन भन्नेले अस्पतालमा आएर औषधी मात्र होइन अप्रेशन समेत गरेर निको भएको देख्दा झनै खुशी लागेको छ । मैले भेट्दा कुशवाडियालाई फोहरी जातिमा गनिएकाहरू हाल इन्जिनियर, जेटीय र अनमी पढ्दैछन् । तराईमा रहेका कुशवाडिया मुसहर नेटुवा किँगरियन घँसियारा चेपाङगथवई कुशुण्डा जस्ता जातिको बारेमा पनि वकालत गर्नेहरूको चासो बढिरहेको छ । किताब छोए पाप लाग्ने राउटे शिक्षा लिने सम्भावनामा गएका छन् । ढुङ्गा काट्ने काम छाडेर पढ्नु हुदैन भन्ने पत्थरकट्टाहरुले ओभरसियर र जे.टि.एको जागिर समेत खाने भएका छन् ।

यसै प्रकार राउटेले औषधी खानु हुँदैन भन्नेले अस्पतालमा आएर औषधी मात्र होइन अप्रेशन समेत गरेर निको भएको देख्दा झनै खुशी लागेको छ । मैले भेट्दा कुशवाडियालाई फोहरी जातिमा गनिएकाहरू हाल इन्जिनियर, जेटीय र अनमी पढ्दैछन् । त्यो पल पनि मेरा लागि सानो खुशीको पल होइन । सुरुसुरुमा राउटे समुदाय कपडा नलगाउने लगाए पनि एउटामात्र लाउने नुहाउँदा जिउमा चिसो हुन्छ नुहाउनु हुँदैन भन्दै मलाई समेत गाली गर्ने उनीहरू आजभोलि २ दिनको १ पटक नुहाउने गरेको देख्दा मलाई एकदमै खुशी लाग्छ । अर्को खुशी नेपालका केही मात्रामा भएपनि एनजीआहरूले पनि विस्तारै राउटे बस्ती तिर आँखा लगाउन थालेका छन् । हाम्रो प्रतिष्ठान आर्थिक अवस्था कमजोर भएको संस्था छ तर यसको उद्देश्य महान छ । अन्तत : मैले पूरा गर्न नसकेको सम्पूर्ण कार्यलाई अन्य संघ संस्थाले समेत पूरा गर्दै आइरहेका छन् । अब त काम गर्न सकिने रहेछ भनेर सबैका आँखा खुलेका छन् ।

तराईमा रहेका कुशवाडिया मुसहर नेटुवा किँगरियन घँसियारा चेपाङगथवई कुशुण्डा जस्ता जातिको बारेमा पनि वकालत गर्नेहरूको चासो बढिरहेको छ । किताब छोए पाप लाग्ने राउटे शिक्षा लिने सम्भावनामा गएका छन् । ढुङ्गा काट्ने काम छाडेर पढ्नु हुदैन भन्ने पत्थरकट्टाहरुले ओभरसियर र जे.टि.एको जागिर समेत खाने भएका छन् । यस्तै हाम्रो प्रतिष्ठानमा आवद्ध महिलाहरू जति छन् कुनै पनि केही न केही सचेत र सिपमुलक तालिम पाएका छन् । त्यसैले पनि मैले म आफुले आफ्नो परिवारमा पाएको पिँडाभन्दा पनि खुशीमा पाएको उपलब्धीलाई नै बढीभन्दा बढी महत्व मान्दछु । मलाई विश्वास छ । मैले गरेका काम र चालिएका कदमहरू पनि सही छन् जस्तो मलाई लाग्दछ । मेरा पाइला अगाडि बढेका छन्, अगाडि नै बढ्नेछन् । मेरो जीवनको खुशी पनि यसैमा छ ।

(राउटेकी भाञ्जीका नामले परिचित सत्यदेवी खड्का राउटे, लोपोन्मुख, सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान, नेपालकी अध्यक्ष हुन् ।)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको