२७ वर्षीया नेपाली चेली : जो बेलायती सेनाको क्याप्टेन बनिन्
८ मंसिर, काठमाडौं । भूतपूर्व गोर्खा सैनिककी छोरी २७ वर्षीया अंशु गुरुङ बेलायती सेनाको क्याप्टेन बनेकी छन् । कास्कीको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २२ भुम्दी घर भएकी गुरुङ बेलायती सेनाको उच्च पदमा पुग्न सफल भएकी हुन् ।
अंशुले रोयल मिलिटरी एकेडेमी स्यान्डहस्र्टबाट १० हप्ते तालिम पूरा गरि शनिबार मात्रै क्याप्टेन पदको फुली लगाएकी हुन् ।
नेपालीहरु बेलायती सेनामा भर्ना हुन लागेको दुई सय वर्ष नाघेपनि हालसम्म कुनैपनि नेपाली चेली बेलायती सेनाको उच्च पदमा पुग्न सेकका थिएनन् । यस हिसाबले अंशुले बेलायती सेनाको उच्च तहमा पुग्ने उनी पहिलो नेपाली महिलाको किर्तिमानी पनि कायम गरेकी छिन् ।
पूर्व गोर्खा सैनिक अमर गुरुङ र सुकु गुरुङकी कान्छी छोरी अंशु दन्त चिकित्सक हुन् । गत वर्ष बेलायतको क्वीन म्यारी युनिभर्सिटीबाट दन्त चिकित्सक (डेन्टिस्ट) को अध्ययन पूरा गरेपछि अंशु बेलायती सेना प्रवेश गरेकी थिइन् उनीहरु स–परिरिवार बेलायतको फार्नबरोमा बस्दै आएका छन् ।
बेलायत सरकारले गोर्खा रेजिमेन्टमा नेपालबाट युवतीहरुसमेत भर्ना गर्ने भनेपनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । तर, बेलायतमा बसोवास गर्दै आएका नेपाली किशोरीहरु भने फाट्टफुट्ट बेलायती सेनामा भर्ना हुँदै आएका छन् ।