१९ फाल्गुन २०७७, बुधबार

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु, यात्रुको अवस्था गम्भीर



८ मंसिर, काठमाडौं । प्याराग्लाइडिङ दुर्घटनामा परी पोखरामा आज एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एकजना घाइते भएका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट उडान भरेको फिष्टेल कम्पनीको प्याराग्लाइडिङ अवतरणको क्रममा आज दुर्घटना हुँदा पाइलट ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका पोखरा–२८ घर भई हाल लेकसाइड बस्ने पाइलट नेपालीको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।

उनका अनुसार घटनामा घाइते प्याराग्लाइडिङमा सवार काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ की २८ वर्षीया शिला श्रेष्ठको अवस्था गम्भीर रहेको छ । फेवाताल किनारस्थित क्याम्प चोकमा अवतरण गर्ने स्थानभन्दा करीब एक दशमलव दुई किलोमिटर टाढा प्याराग्लाइडिङ दर्घटनामा परेको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी नायक उपरिक्षक रेग्मीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु