कर्णालीमा फुटवलको विकास र विस्तारका लागि एकेडेमी दर्ता
समर हुम्ली
८ मंसिर, हुम्ला । हुम्लामा फुटवलको विकास र विस्तारका लागि हुम्ला फुटवल एकेडेमीको दर्ता गरिएको छ । यस्थानीयस्तरमा फुटवल खेलाडीको रूपमा चिनिएका हुम्ली युवाहरूले जिल्लाको फुटवल, फुटवल प्रेमी र फुटवल खेलाडीलाई एकताबद्ध बनाउनका लागि एकेडेमी दर्ता गरिएको विष्णु रावतले जानकारी दिएका छन् ।
यो एकेडेमीले साविकको कर्णालीको पाँचजिल्ला हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटलाई कार्य क्षेत्र बनाएको छ । एकडेमीको प्रोप्राइटर विष्ण रावतका अनुसार यसलाई अझै वैधानिक र सशक्त बनाउनका लागि एन्फासँग पनि आवद्ध हुने र सम्बद्धता लिने तयारी भएको छ ।
यो एकेडेमीमा हाल विष्णु रावत, प्रिती रावत, बुद्धि रोकाया र रविनकुमार बस्नेत आवद्ध छन् । यसलाई छिट्टै विस्तार गरिने भएको छ ।
कर्णाली क्षेत्रमा फुटवलको विकास र विस्तार गर्न गराउनका लागि आवश्यक पहल, सहकार्य र समन्वय गर्न गराउनका लागि यो एकेडेमीको स्थापना गरिएको छ ।