१३ फाल्गुन २०७७, बिहीबार

आगामी आर्थिक वर्षभित्र चौकुनेबासिका हात–हातमा लालपुर्जा पुर्याउछौं : अध्यक्ष शाही



७ मंसिर, सुर्खेत । सुर्खेत जिल्लाको चौकुने गाउँपालिकामा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भुमीसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवि प्रसाद ज्ञवालीको प्रमुख अतिथ्यतामा शनिबार गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा आफ्नो धारणा राख्दै आयोगका अध्यक्ष ज्ञवालीले आगामी आर्थिक वर्ष भित्र चौकुनेमा भुमीसम्बन्धी समस्या समाधान गर्ने गरि काम भैइरहेको बताए । चौकुने गाउँपालिकामा भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र गाउँपालिकामा अवस्थित बसोबासलाई प्रक्रिया मिलाएर जग्गाधनीहरुलाई लालपुर्जा वितरण गरिने ज्ञवालीले जानकारी दिए । उनले भने, ‘राजनैतिक अस्थिरका कारण ७० वर्षपछि भुमी सम्बन्धि सबै समस्याहरु समाधान हुने गरि ऐन, कानुन बनेकोले आगामी ३ वर्ष भित्र देशभरीका भुमीसम्बन्धि समस्या समाधान गर्न आयोगले योजनावद्ध तयारी थालिसकेको छ ।’ शुरुमा आयोगले परिक्षणको लागि देशभरीका १४ वटा स्थानीय तहमा काम गर्न लागेको आयोगले कर्णाली प्रदेशमा सुर्खेतका दुई वटा स्थानीय तह गुर्भाकोट नगरपालिका र चौकुने गाउँपालिकामा काम शुरु गर्न लागेको हो ।

कार्यक्रममा नेपाल सरकारका सह–सचिव एवम् आयोगका सदस्य सचिव लिला प्रसाद शर्माले भुमी सम्बन्धि समस्या समाधानहरुको बारेमा प्रष्ट पारे ।

गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीले आगामी आर्थिक वर्ष भित्र चौकुनेका बासिन्दाहरुको हात–हातमा पुर्जा पुर्याउने गरि काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । ‘तीन महिना भित्र लागत संकलन गरेर सक्नेगरी कर्मचारी व्यवस्थापन गर्छौ र हामीहरू पनि आवश्यकता परे १८ घण्टासम्म पनि खट्न तयार छौँ ।’ गाउँपालिका अध्यक्ष शाहीले भने ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु