१४ फाल्गुन २०७७, शुक्रबार

कृषि विकास कार्यालय परिसरमा सकेट बम, नेपाली सेनाले पार्यो निस्क्रिय



समर हुम्ली

७ मंसिर, हुम्ला । कृषि विकास कार्यालय, हुम्लाको प्रवेशद्वार र कार्यालय जाने बाटोमा दुई वटा सकेट बम भेटिएका छन् । सकेट बम नेपाली सेनाले सिमकोट गाउँपालिका वडा नम्बर ५ को भदाले भन्ने खाली ठाउँमा डिस्पोज गरेको छ ।

आइतबार बिहान सिमकोट माथिल्लो बजारको लोकतान्त्रिक चोक नजीकै रहेको कृषि विकास कार्यालय हुम्लाको प्रवेशद्वार र कार्यालय जाने बाटोमा दुई पोका शंकास्पद वस्तु भेटीएको थियो । लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले उक्त क्षेत्र नियत्रन्त्रणमा लिएको थियो ।

नेपाली सेना नयाँ भैरबी दल गुल्मको बम डिस्पोज टोलीले तत्काल उक्त शंकास्पद वस्तुलाई नियन्त्रणमा लिएर सिमकोट गाउँपालिका वडा नम्बर ५ मा पर्ने भदाले भन्ने स्थानमा आइतबार बिहान १०ः२५ बजे र ११ः३६ बजे सकेट बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सुर्यप्रकाश सुवेदीले जानकारी दिएका छन् ।

नेपालभरी नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहले मंसिर ६ देखि ८ गतेसम्म सञ्चालन गर्न लागेको कार्यक्रमलाई लक्षित गरेर सिमकोट बजार क्षेत्रमा सकेट बम राखिएको हुन सक्ने जिल्ला सुरक्षा स्रोतले अनुमान गरेको छ ।

पछिल्लो समय सिमकोट क्षेत्रमा यस्ता सुरक्षा चुनौति दिने तासजुवा, अवैध चीनिया मदिरा बेचबिखन जस्ता कामहरूका साथै यस्ता विध्वंसात्मक कार्यहरूले सुरक्षा चुनौति थपिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु